
चितवनः जिल्ला प्रहरी कार्यालय चितवनले लागुऔषध सहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर १० का ४१ बर्षिय बिनोद रानामगर, वडा नम्बर २४ का २४ वर्षिय प्रबिण घर्ती, १९ वर्षिय प्रदिप बि.क., ५७ वर्षिय पदम वहादुर तामाङ्, वडा नम्बर ११ का ४२ वर्षिय अनुप तिमल्सिना, वडा नम्बर २५ की ४५ वर्षिया धनमाया भनिने सानुमायाँ मगर रहेको कार्यालयका प्रबक्ता एकनारायण कोईरालाले जानकारी दिनुभयो ।
रानामगर, घर्ती र तिमल्सिनाले लु २ च ६६५९ नम्बरको एम्बुलेन्समा लुकाई ल्याएको अबस्थामा चेकजाँचका क्रममा झोलामा १ सय ८७ ट्यावलेट नाईट्राजेपाम, ९४ क्याप्सुल स्पास्मो प्रोक्सिभन, १ लिटर कोरेक्स र ४० ट्याबलेट ट्रमाडोल नियन्त्रणमा लिईएको उहाँले जानकारी दिनुभयो । उनीहरुलाई चैत २४ गते भरतपुर महानगरपालिका वडा नम्वर २ जलमाहल अगाडी बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसै गरि मगर, बि.क. र तामाङ्लाई भरतपुर महानगरपालिका वडा नम्बर २४ जगतपुरबाट चैत २० गते पक्राउ गरिएको हो । उनीहरुको साथबाट प्रतिबन्धित लागु औषध गाँजा ४ किलो ९ सय ३६ ग्र्राम वरामत गरिएको छ । प्र्रदेश २–०३–००५ प ६६८१ नम्बरको मोटरसाईकलमा लागुऔषध लिएर जाँदै गर्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सबैलाई लागु औषध मुद्दा दर्ता गरि कानुनी प्रकृया अघि वढाईएको कोईरालाले जानकारी दिनुभयो ।
यसैबिच नारायणी नदीमा पौडी खेल्ने क्रममा एक युवा बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर २ क्षेत्रपुरका १८ वर्षिय सनिल लामा आज दिउँसो पौडी खेल्ने क्रममा नदिमा बेपत्ता भएका हुन् ।
उनी आज दिउँसो भरतपुर महानगरपालिका वडा नम्वर १ जोरकुशुम पार्क नजिकबाट बेपत्ता भएको प्रहरीले जनाएको छ । उनको खोजिकार्य भईरहेको छ ।