काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ज्यान गुमाउनेको संख्या साढे ९५ हजार नाघेको छ । शुक्रबार बिहान ६ बजेसम्म कोरोनाका कारण ९५ हजार ६८५ जनाले ज्यान गुमाइसकेका छन् ।
११ लाख ५० हजार ९३१ जनामा अहिले कोरोनाको संक्रमण देखिएकोमा ४९ हजार १४८ को अवस्था गम्भीर रहेको र बाँकीको अवस्था मध्यम रहेको प्राप्त तथ्यांकमा उल्लेख छ । अहिलेसम्म ३ लाख ५६ हजार २८३ जनाका उपचार पछि स्वस्थ्य भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
अहिलेसम्म बसैभन्दा धेरै इटलीमा १८ हजार २७९ जनाको ज्यान भइसकेको छ । अमेरिकामा १६ हजार ६९१, स्पेनमा १५ हजार ४४७ तथा फ्रान्समा १२ हजार २१० को मृत्यु भइसकेको छ ।
नेपालमा अहिलेसम्म ९ जनाको कोरोनाको संक्रमण देखिएकोमा एक जना उपचारपछि स्वस्थ्य भइसकेका छन् । बाँकी ८ जनाको उपचार भइरहेको र अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।