चितवनः भरतपुर अस्पतालको ५७ औ बार्षिकोत्सबको अबसरमा श्रीमेडिकल एण्ड टेक्निकल कलेज भरतपुरले २५ थान उच्चस्तरको व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) सहयोग गरेको छ । कलेजका कार्यकारी अध्यक्ष सरोज ढकालका अनुसार ती पिपिई रु १ लाख ९७ हजार ५ सयमा खरिद गरिएको हो ।
अस्पतालको बार्षिकोत्सबको अबसरमा पत्र सहित ती सामाग्री अस्पताल पठाईएको ढकालले जानकारी दिनुभयो । कोरोना भाईरस (कोभिड १९)को आशंका गरिएका बिरामीहरुरुको उपचारमा चिकित्सक, स्वास्थ्यकर्मीलाई सहयोग पुगोस भन्ने उद्धेश्यले ती सामाग्र पठाईएको उहाँले बताउनुभयो ।
कलेजका बिध्यार्थीहरु प्रयोगात्मक कक्षाका लागि सोही अस्पताल जाने गर्दछन् । श्रीमा पबिणता प्रमाणपत्र तह र स्नातक तहका स्वास्थ्य संग सम्बन्धित बिषयमा पढाई हुने गर्दछ । अस्पतालमा प्रयोगात्मक कक्षामा सहभागी भए बापत बार्षिक रुपमा सबैभन्दा बढि रकम बुझाउने पनि सोही कलेज हो । कोरोना भाईरसको संक्रमणको समयमा अस्पतालालई बिभिन्न संघ संस्थाहरुले सहयोग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस !