काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमणविरुद्ध अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मी एवं संलग्नको बिमा र भत्ताको व्यवस्था गरिने घोषणा गनुभएको छ ।

आज राष्ट्रको नामम सम्बोधन गर्दै उनले चिकित्सक एवं स्वास्थ्यकर्मीको २५ लाख रुपैयाँ बीमाको व्यवस्था गरिएको बताउनुभएको हो ।
यस्तै कोरोना भाइरसविरुद्ध पहिलो भागमा रहेर काम गर्ने चिकित्सक एवं स्वास्थ्यकर्मीका लागि सत् प्रतिशत, दोस्रो घेरामा बसेर काम गर्नेहरुलाई ७५ प्रतिशत र तेस्रो घेरामा बसेर काम गर्नेलाई ५० प्रतिशत भत्ताको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

उहाँले चिकित्सक, स्वास्थ्यकर्मीसहित ड्राइभर एवं कोरोना संक्रमणका विरुद्ध रहेका व्यक्तिहरुको बीमा र भत्ताको व्यवस्थासहित सुरक्षाको व्यवस्था गरिएको बताउनुभयो।

यस्तै प्रधानमन्त्री ओलीले दैनिक अत्यावश्यक सामाग्रीको आपूर्ती व्यवस्थालाई सहज बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !