काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको संकट विश्वव्यापी रहेकाले संकटको घडीमा जो जहाँ छ त्यही रहनु उपयुक्त हुने बताउनुभएको छ ।
देशबासीका नाममा सक्बोधन गर्दै अन्तर्राष्ट्रिय सीमा बन्द गरेकाले अहिले जो जहाँ छ त्यही सुरक्षित रहनुमात्रै विकल्प भएको बताउनुभएको हो ।
उहाँले सम्बन्धित देशले नेपालीको व्यवस्थापन गर्ने बताउनुभयो ।
उनले नेपालको सीमावर्ती इलाकामा २ हजार १४७ नेपालीलाई भारतीयले व्यवस्थापन गरेको उहाँले बताउनुभयो । ७ सय भारतीय नागरिकलाई नेपालले व्यवस्थापन गरिरहेको उहाँले बताउनुभयो ।
उहाँले लकडाउनपछि विभिन्न नाका भएर आएका कतिपय नेपाली क्वारेन्टाइनमा बस्न नमानेकाले परिवारका लागि त्यो महँगो पर्न सक्ने चेतावनी दिनुभएको छ ।
उनले सरकार कोरोना सकभर फैलनै नदिन सतर्कता अपनाइरहेको र फैलिइहाले नियन्त्रण गर्न सक्षम रहेको बताउनुभयो ।