चितवनः जिल्लामा रहेको केन्द्रिय स्तरको सरकारी अस्पताल भरतपुर अस्पतालले संघिय सरकारको निर्देशनको अबज्ञा गरेको छ । सरकारले बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९)को संक्रमण बढ्ने भन्दै २५ जना भन्दा बढि जम्मा हुन नपाउने निर्देशन जारी गरेको छ ।
पारिवारिक भेटघाटका कार्यक्रमहरु र जमघटका कार्यक्रमहरु समेत नगर्न गरेको सरकारको निर्देशन भरतपुर अस्पतालले उल्लंघन गरेको हो । स्वास्थ्य मन्त्री स्तरको निर्णयले भरतपुर अस्पताल बिकास समितिको अध्यक्षमा डा. भोजराज अधिकारीलाई नियुक्त गरे संगै आज भएको पदभार ग्रहणको कार्यक्रममा सरकारको निर्देशनको उल्लंघन भएको देखियो ।
स्थानीय प्रशासनले मलामि समेत तोकेको यस बिसम परिस्थितिमा अध्यक्षको पदभार ग्रहण कार्यक्रममा करिब ७० जनाको उपस्थिति रहेको थियो । स्थानीय सरकार समेत सो कार्यक्रममा सहभागी रहेको थियो । केन्द्रिय सरकारले गरेको निर्णय कार्यान्वयन गर्नका लागि सोही सरकारको निर्णलाई उल्लंघन गर्नु कतिको जायज हो ।
भरतपुर कोरोना बिशेष (अस्थाई) अस्पतालमा कार्यरत चिकित्सक देखि स्वास्थ्य कर्मी सम्मको उपस्थितिमा डा. अधिकारीले आज पदभार ग्रहण गर्नुभयो । भरतपुर महानगर प्रमुख रेनु दाहालको उपस्थितिमा गरिएको सो कार्यक्रममा किन स्वास्थ्यकर्मी र चिकित्सकले ध्यान नदिएका होलान् । कोरोना बिशेष अस्पताल स्थापनाको मुख्य भूमिका निवाहा गनुभएका अधिकारी अस्पतालको अध्यक्ष बन्दै गर्दा कोरोनाका बिषयमा ज्ञान भएन भनेर भन्न पनि सकिएन । अनि सरकारले गरेको निर्णय स्थानीय सरकारको अगाडी उल्लंघन गर्दा प्रशासन मौन बस्नुले पनि कोरोना संक्रमणको बिषयमा ठूलाबडाले जे गरेपनि हुने सामान्य नागरिकहरु रोडमा हिड्नपनी नपाउने कस्तो बिडम्बना हो यो ।

प्रतिक्रिया दिनुहोस !