चितवन: भरतपुर महानगरपालिका वडा नम्बर ४ लंकुमा रहेको सारस फुड उद्योगमा आगलागी भएको छ । बिद्युत चुहावट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
सुनिल अग्रवालको उद्योगमा आज बिहान ५ बजे आगलागी भएको हो । अहिले आगो निभाउने क्रम जारी रहेको छ । आगो निभाउनका लागि चारवटा दमकल, स्थानीय, नेपाल प्रहरी, शशस्त्र प्रहरी र नेपाली सेना परिचालन भएका छन् ।
आगो नियन्त्रणको काम भईरहेकाले बिस्तृत बिबरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस !