चितवन: जिल्लामा संञ्चालनमा रहेका छापा माध्यमहरु चैत २१ गते सम्मका लागि बन्द गरिएको छ । कोभिड १९ (कोरोना भाईरस)को त्रासका कारण जिल्लामा समाचार संकलन गर्न नियमीत काममा खटीन र खटाउन नसक्ने अबस्था आएका कारण छापामाध्यमहरु बन्द गरिएको जिल्लाबाट संञ्चालित १५ वटा छापा माध्यमहरुले आज एक बिज्ञप्ति जारी गरि जनाएका छन् ।
पत्रपत्रिकाका माध्यमबाट समेत भाईरसको संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने खतरा भएका कारण चैत २१ ग्ते सम्म छापा माध्यमहरु वन्द गरिएको बिज्ञप्तिमा उल्लेख छ । बिज्ञप्तिमा भनिएको छ “पत्रपत्रिका बन्दका कारण निरन्तर सूचना पाउने पाठकको हक कुण्ठीत हुन नदिनका लागि अनलाईन संस्करण निरन्तर गरिने छ ।”