
चितवन: कोरोनाको संक्रमण बढ्ने खतरा देखिए पछि जिल्ला प्रशासन कार्यालय चितवनले आज देखि नागरिकता, राहदानी, सिफारिस लगायतका सेवाहरु बन्द गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माद्धारा जारी सूचनामा चैत ९ गतेदेखि चैत २१ गते सम्मका लागि ती सेवाहरु बन्द गरिएको उल्लेख छ ।
विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपाल सरकारले गरेको निर्णय अनुरुप सेवाहरु बन्द गरिएको प्रशासनले जनाएको छ ।