चितवन, २० फागुन
चीनबाट सुरु भएर बिश्वका बिभिन्न देशमा फैलीरहेको कोरोना भाईरसको सम्भाबित खतरालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले उच्च सतर्कता अपनाएको छ । अस्पतालहरुमा बिशेष साबधानी अपनाउन, मेला महोत्सब रोक्न, भिडभाड गरेर फागु नखेल्न, ठूला सभा, समारोह र भोज भतेर नगर्न स्थानीय प्रशासनले आग्रह गरेको हो ।
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईका अनुसार आज बिहान चिकित्सकहरुसंग छलफल गरिएको छ । अस्पतालहरुमा छुट्टै कक्ष (आईसोलेसन रुम) खडा गर्न ठूला अस्पतालहरुलाई अनुरोध गरिएको छ । जिल्लाको सरकारी भरतपुर अस्पतालमा र दुई निजी मेडीकल कलेजमा आईसोलेसन रुम निर्माण गरिसकीएको छ ।
रोगको संक्रमण देखि हालेमा अपनाउनु पर्ने बिधि र प्रकृयाहरुका बारेमा पनि छलफल भएको उहाँले जानकारी दिनुभयो । जिल्लाका सबै अस्पताल संञ्चालक र चिकित्सकहरुलाई तयारी अबस्थामा रहन पनि स्थानीय प्रशासनले आग्रह गरेको छ । भट्टराईका अनुसार बुधबारबाट सुरु हुन लागेको प्रथम परेवाकोट महोत्सब रोकीएको छ । जिल्लामा भईरहेका मेघौली महोत्सब र भरतपुर महोत्सब रोक्ने बिषयमा सम्बन्धित आयोजकहरु संग आजै छलफल गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालयले आजै जिल्लाका सातै स्थानीय तहका प्रशासकीय अधिकृतहरुलाई छलफलका लागि बोलाएको छ । उहाँका अनुसार कोरोनाको सम्भाबित जोखिमलाई केन्द्रीत गरेर उहाँहरुसंग छलफल गरिदैंछ । प्रशासनले आफ्नै कार्यालयका कर्मचारीहरुसंग समेत आज बैठक बस्ने जनाएको छ । रोगको जोखिम हुन सक्ने भन्दै सतर्कता अपनाउन आन्तरिक रुपमा पनि छलफल गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी भट्टराईले होलीमा ठूलो जमघट नगर्न आम जिल्ला बासिलाई आग्रह गरिएको जानकारी दिनुभयो । बिगतका बर्षहरुमा प्रशासनले सूचना जारी गरेर सभ्यता पूर्बक होली खेल्न आग्रह गर्ने गरेको भए पनि यस बर्ष भिडभाड समेत नगर्न अनुरोध गर्न लागिएको उहाँले बताउनुभयो ।
यस्तै ठूला भोज भतेर नगर्न सबैमा अनुरोध गरिएको भन्दै उहाँले भन्नुभयो “यस बिषयमा संञ्चार माध्यमहरुले आम नागरिकलाई बुझाईदिनुपर्यो ।” स्वास्थ्यको सम्बेदनशिलतालाई नबुझेर कतिपयले स्थानीय प्रशासनले पेलेको अनुभुती समेत गरेको भन्दै उहाँले संञ्चार माध्यमहरुले यसको बास्तबिकतालाई आम नागरिकलाई बुझाई दिन सकेमा सहज हुने बताउनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उच्च स्तरको टोलीले आज भरतपुर अस्पतालको निरिक्षण गरि रोग देखिहालेमा गर्ने तयारीका बारेमा छलफल गर्दै छ । जिल्लामा कोरोना भाईरसको लक्ष्यण देखिएका दुई जनाको नमुना परिक्षणका लागि पठाईएकोमा दुबै जनाको नेगेटीभ देखिएको थियो ।