चितवनः नेपाली काँग्रेस संघीय सांसद, संसदीय दलको कार्यालयका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्रीका आसपासमा रहेका व्यक्तिहरु भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउनु भएको छ । आज यहाँ पत्रकारहरु संग कुराकानी गर्दै उहाँले यसको उदाहारण प्रधानमन्त्रीका बिश्वास पात्र तथा सरकारका प्रबक्ताको सेक्युरिटि प्रिन्टीङ् प्रेस सम्बन्धि अडियो रेकडले पुष्टि गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो “सरकारले अनियमीतता बढायो ।प्रधानमन्त्री भ्रष्टाचार प्रति शुन्य सहनशिलता छ भन्नुहुन्छ । भ्रषटचारीको अनुहार हेर्दीन भन्नुहुन्छ । तर उहाँका आसपासमा रहेका व्यपिक्तहरुनै भ्रष्टाचरामा लिप्तछन् ।” उहाँले थप्नुभयो “पछिल्लो पटक सरकारको प्रबक्ता सुचना तथा संञ्चार मन्त्रीलेनै जुनखालको अडियोमा कुरागरेको बाहिर आयो र त्यसलाई जिम्मेवारी प्रधानमन्त्रीले लिनु पर्छ । ” मन्त्री परिषदले गर्ने निर्णयमा प्रधानमन्त्रीको संलङ्नता जानकारी र चाहना अनुसार मन्त्री परिषदले निर्णय लिने भन्दै उहाँले यस प्रकरणमा संलङ्न सबैलाई कारवाहि हुनु पर्छ भन्ने काँग्रेसको धारणा रहेको बताउनुभयो ।
यस बिषयमा प्रधानमन्त्रीले सदनलाई जानकारी दिनुपर्ने उहाँको भनाई थियो ।
नेपाली काङ्ग्रेसका नेता खाँणले फरक प्रसंगमा बोल्दै माडी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष कृष्ण पौडेलको आमरण अनसन प्रति पार्टीको संसदीय दल र केन्द्रले समर्थन गरेको बताउनु भएको छ । भरतपुर अस्पतालमा उहाँलाई आज भेटे पछि प्रतिकृया दिदै खाँणले सरकारले अबिलम्ब उहाँको जीवन रक्षाका लागि पहल गरि मागहरु सुनुवाई गर्नुपर्ने बताउनुभयो ।
माडीका आम जनताको समस्या र पिडालाई मुखरीत गर्ने र त्यसलाई राज्यले संबोधन गरोस भन्ने उदेश्यले उहाँको अनसन भएको भन्दै संसद पूर्ण रुपमा चलेपछि यस बिषयमा काङ्ग्रेसले संसदमा बिषय बस्तु उठान गर्ने बताउनुभयो । उहाँले भन्नुभयो“जुनखालको कठिन अबस्था छ त्यसबाट उन्मुक्ति पाईयोस भनेर अनसन बस्नु भएको छ । त्यसमा हाम्रो समर्थन छ ।”
पौडेल फागुन ७ गतेबाट माडीका जनताको प्रत्यक्ष सरोकार राख्ने मागहरु राखेर आमरण अनसनमा बस्नु भएको छ । उहाँको अबस्था गम्भिर भए पछि सोमबार बिहान भरतपुर अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार थालिएको छ । पौडेललाई भेट्न खाँण यहाँ आउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस !