काठमाडौंः सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले नैतिकताको आधारमा राजीनामा दिनुभएको छ । मन्त्रीको राजीनामाका बिषयमा प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटालाई जानकारी गराईएको छ ।

सामाजिक सञ्जाल ट्विटरमा उनले राजीनामा दिएको जानकारी गराए बास्कोटाले प्रधानमन्त्री संगको भेट पछि पदबाट राजिनामा दिनुभएको हो ।
“मेरो बारेमा प्रश्न उठेकाले सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँछु । धन्यवाद,” उनले भनेका छन् ।

बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले सेक्युरिटी प्रेस स्थापनाको प्रक्रियामा अनियमितता भएको भन्दै मन्त्री बर्खास्त नगरेसम्म संसद चल्न नसक्ने अडान राखेपछि सभामुख सापकोटाले यसबारे जानकारी गराएका थिए ।
सेक्युरिटी प्रेस स्थापनाको प्रक्रियामा कमिसन मागेको अडियो रेकर्ड सार्वजनिक भएपछि बाँस्कोटामाथि राजीनामा दिन दबाब परेको थियो । बाँस्कोटाले बुधबार ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएको थियो । सोही विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै राष्ट्रियसभा बैठक अवरुद्ध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !