चितवनः पूर्ब पश्चिम राजमार्ग अन्तर्गत राप्ती नगरपालिकाको पिप्लेमा बसले ट्रकलाई ठक्कर दिदाँ तीन जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार जनकपुरबाट भैरहवा तर्फ जान आईरहेको लु १ ख ७१०८ नम्बरको बसले सोही दिसाबाट आईरहेको ना ६ ख ३४३४ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो ।
ठक्करबाट बसमा सुवार तीन जना घाईते भएको प्रहरीले जनाएको छ । उनीहरुको पुरानो मेडीकल कलेजमा उपचार भईरहेको छ । अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ । ठक्कर खाने दुवै सवारी र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । दुर्घटना राती १२ बजे भएको हो ।