
चितवनः भरतपुर महानगरपालिका वडा नम्बर ५ नारायणपुरमा जीबन श्रेष्ठले संञ्चालन गर्नु भएको रोयल फर्निचर उद्योगमा आगलागी भएको छ । आज बिहान करिब ४ः३० बजे बिद्युत चुहावट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता एकनारायण कोईरालाले जानकारी दिनुभयो ।
बिहान देखि लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको उहाँले जानकारी दिनुभयो । आगो नियन्त्रणका लागि स्थानीय, नेपाल प्रहरी, नेपाली सेना, शशस्त्र प्रहरी संगै भरतपुर महानगरपालिका, खैरहनी नगरपालिका, दियालो बंगला आंपटारी र कावासोतीको गरी ५ वटा दम्कलले काम गरिरहेको कोईरालाले जानकारी दिनु भयो ।
आगो नियन्त्रणमा आउन नसकेकाले क्षतीको बिबरण आउन नसकेको उहाँले बताउनुभयो ।