चितवन: नारायणगढ –मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खसे संगै यातायात अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ तुईन खोलामा पहिरो सुख्खा पहिरो खसेको हो ।
आज राति ९ ३० वजे पहिरो खसेको कार्यालयका प्रहरी नायव उपरिक्षक एकनारायण कोईरालाले जानकारी दिनुभयो । पहिरोका ५० मिटर सुख्खा पहिरो खसेर सडक ढकेको प्रहरीले जनाएको छ । तुईनखोलाको तीन नम्बर पुल नजिक पहिरो खसेको हो ।
पहिरो पन्छाउनका लागि तीन वटा एक्साभेटर प्रयोग गरिएको कार्यालयले जनाएको छ । पहिरो पन्छाउनका लागि ६ घण्टा लाग्ने अनुमान गरिएको कोईरालाले जानकारी दिनुभयो । पहिरोका कारण सडक दुई तर्फि बन्दा भएको र यातायात अबरुद्ध भएको कार्यालयले जानाएको छ ।






