चितवन: नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशन आगामी चैतमा नेपालगञ्जमा हुने भएको छ । नेपाल प्रेस युनियन चितवनको सभा कक्षमा आज सम्पन्न केन्द्रीय समितिको बैकले आगामी चैतको २१ र २२ गते महाधिबेशन गर्ने निर्णय गरेको हो ।
युनियनको प्रतिष्ठान, जिल्ला शाखा र विदेश शाखा गरी ८७ वटा शाखा छन् । शाखावाट आएका झण्डै एक हजार पाँच सयभन्दा बढी प्रतिनिधि महाधिवेशनमा सहभागी हुने केन्द्रिय अध्यक्ष वद्री सिग्देलले बताउनुभयो ।
युनियनका शाखाहरु मध्ये ७० भन्दा वढी शाखामा अधिवेशन सम्पन्न भै सकेको छ । अधिवेशन हुन बाकी रहेका शाखाहरुमा अधिवेशन माघ मसान्त भित्र सम्पन्न गरी सक्ने वैठकले निर्णय गरेको महासचिब अजयबाबु शिबाकोटीले जानकारी दिनु भयो ।
महाधिवेशन सम्पन्न गर्नका लागि अध्यक्ष सिग्देलको संयोजकत्वमा महाधिवेशन तयारी मूल आयोजक समिति र डेमोक्रेटिक लर्यस एसोशिएशनका अध्यक्ष योगेन्द्रवहादुर अधिकारीको संयोजकत्वमा पाँच सदस्यिय निर्वाचन समिति गठन गर्ने बैठकले निर्णय गरेको शिबाकोटीले जानकारी दिनुभयो । अध्यक्ष सिग्देल, बरिष्ठ उपाध्यक्ष दिपक आचार्य र महासचिब शिबाकोटी रहेको तीन सदस्यिय बिबाद समाधान समिति समेत गठन भएको छ । महासचिब शिबाकोटीको संयानेजकत्वमा सांगठनीक र कोषाध्यक्ष सरोज अधिकारीको संयोजकत्वमा आर्थिक समिति र उप महासचिब प्रेम केसीको संयोजकत्वमा स्थानिय ब्यवस्थापन समिति समेत बैठकले गठन गरेको छ । अबिधेशन हुन बाँकी रहेका १५ वटा शाखाको अबिधेशन तथा बाँकी रहेको अन्य शाखाको समेत सदस्यता शुल्क माघ मसान्त भित्र केन्द्रीय कार्यालयमा नबुझाएमा महाधिबेशनमा मतदानको अधिकार नहुने बैठकले निर्णय गरेको छ ।
बैठकले चितवन शाखालाई उत्कृष्ठ शाखा घोषणा गर्ने निर्णय समेत गरेको छ । नेपालगञ्जमा हुने नवौँ महाधिवेशनले युनियनको तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने छ ।
यसअघि बैठकको शुभारम्भ गर्दै अध्यक्ष सिग्देलले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक परिमार्जन गर्नुपर्ने माग गर्नु भयो ।
सो अवसरमा नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रिय अध्यक्ष सुरेश आचार्य, नेपाल पत्रकार महासंघका महासचिब रमेश बिष्ट, नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालले सरकारले ल्याएका विधेयकहरु जनपक्षीय हुनुपर्ने धारणा राख्नुभयो । यसअघि युनियनको आठौँ राष्ट्रिय महाधिवेशन बि. सं.२०७१ भदौ २१ र २२ गते पोखरामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस !