
चितवनः पूर्व राष्ट्रपति डा. रामवरण यादवले बिधिको शासन, शुशासन, पारदर्शी शासन र आर्थिक अनुशासन भएमा मात्र लोकतन्त्रको जग बलियो बनेर जाने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसंग संक्षिप्त कुराकानी गर्दै उहाँले भन्नुभया “देशबासीको सह अस्तित्व, समुदायमा एकता, समुदायको भवनालाई जोडेर हिड्नु पर्ने दायीत्व सरकार र संघिय सभामा रहेको छ ।”
मिडिया स्वतन्त्र भएको देशमा लोकतन्त्र बलियो हुने बताउनु भयो । उहाँले भन्नुभयो “जुन देशमा लोकतन्त्र बलियो हुन्छ त्यहाँ मिडिया स्वतन्त्र हुन्छ ।”
उहाँको भनाई थियो । तीन तहका सरकार बिचको समन्वयले मात्रै बिकास सम्भब रहेको बताउँदै उहाँले राष्ट्रको समस्या संघिय सभाबाट समाधान गर्दै अघि वढ्नुपर्ने बताउनुभयो । पूर्ब राष्ट्रपति डा. यादवले भौगोलिक बिबिधता, समुदायको बिबिधतालाई एक बनाउँदै पूर्ण लोकतन्त्र र गणतन्त्रको आभाष हुने गरी काम गर्नु पर्दछ भन्नुभयो ।