चितवनः भरतपुर महानगरपालिका वडा नम्वर १ रामनगरमा मालवाहक बोलेरो गाडीले मोटरसाईकललाई ठक्कर दिदाँ प्रहरी हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ्को निलकण्ठ नगरपालिका वडा नम्वर १० घर भई जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत ३५ वर्षिय प्रहरी हवल्दार यदुप्रसाद पाठक रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक एकनारायण कोईरालाका अनुसार आईतबार राती ११ वजे प्रहरी चौकी रामनगरबाट काम सकेर भरतपुर तर्फ आउने क्रममा बा १७ च ५७५८ नम्वरको हरियो मकै बोकेको बोलेरोले पाठक चढेको मोटरसाईकललाई ठक्कर दिएको हो । पाठक ना ५५ प १४२५ नम्वरको मोटरसाईकलमा भरतपुरतर्फ फर्कदै गरेका थिए ।
घाईते पाठकको भरतपुर अस्पतालमा उपचारका क्रममा रातीनै मृत्युभएको हो । ठक्कर दिने गाडी र चालक प्रहरी नियन्त्रणमा रहेका छन् । प्रहरी चौकीलाई थप बल आवश्यक भएपछि जिल्ला प्रहरी कार्यालय चितवनले उनलाई रामनगर पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस !