
चितवनः इच्छाकामना गाउँपालिका इच्छाकामना गाउँपालिका–२ मा दुई स्थानीय नेतामाथि भएको दुर्व्यवहारमा आफ्नो कार्यकर्ताहरुको कुनै पनि किसिमको संलग्नता नरहेको नेपाली कांग्रेस चितवनले स्पष्ट पारेको छ । कांग्रेस चितवनका सभापति जित नारायण श्रेष्ठले आज साझ एक विज्ञप्ती जारी गर्दै उक्त घटनामा कांग्रेस कायकर्ताको कुनै संलग्नता नरहेको स्पष्ट पारेको हो ।
स्थानिय जनरोकारको बिषयमा जनताको सल्लाहा बिना नै वडाध्यक्षले सार्वजनिक बिदाको दिन कार्यालयको सामन अन्यत्र सार्न लाग्दा स्थानियले त्यसको प्रतिकार गरेको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । ’इच्छाकामना गाउँपालिका–२ वडा कार्यलय रहेको स्थानमा बिबाद रहदै आएको र र वडा कार्यालयको स्थानान्तरण जनसरोकारको बिषयलाई व्यवास्ता गरी वडा अध्यक्षले सार्वजनिक बिदाको दिन राती ९ बजे वडा कार्यालयको सामान अन्यत्र सार्न लागेको अवस्थामा स्थानियबाट उक्त कार्यको प्रतिकार भएको बिषयलाई राजनीतिकरण गरी कांग्रेसको कार्यकर्ताको नाम जोडी नेकपाले चितवनले प्रकाशित गरेको विज्ञप्तीको कांग्रेस चितवन घोर भत्सना गर्दछ विज्ञप्तीमा भनिएको छ ।’
घटनालाई राजनीतिकरण गरी नेकपा चितवनले वडाध्यक्षको गलत कार्यको प्रोत्साहन गर्न खोजेको भन्दै कांग्रेस चितवनले आपत्ति जनाएको छ । उक्त घटनामा संलग्न भनी पक्राउ गरिएका कांग्रेसका स्थानिय नेताहरुको तत्काल रिहाई गर्न समेत कांग्रेस चितवनले माग गरेको छ । घटनामा संलग्न रहेको भनी कांग्रेसका स्थानिय नेताहरु उत्तर गुरुङ, विर्खबहादुर गुरुङ, विजय गुरुङ, गीताबहादुर गुरुङ, जोखालाल चेपाङलगायतलाई पक्राउ गरिएको छ । कांग्रेस चितवनले घटनाले बातावरण उत्तेजित भएमा त्यसको जिम्मेवारी नेकपा स्वयले लिनु पर्ने चेतावनी दिएको छ ।
गएराती वडा नम्बर २ का वडाध्यक्ष पन्चबहादुर चेपाङ्ग सहित नेकपाका वडा नम्बर २ का पार्टी अध्यक्ष प्रकास बुढाथोकीमाथि कालो मोसो र जुत्ताको माला लगाएर दुर्व्यवहार भएको थियो ।
गएराती साढे ८ बजेको समयमा वा.५ख ९ को नम्बरको गाडीमा तोडफोड गर्दैगर्दा वडाध्यक्ष सहितका लाइ दुर्ब्यव्यवहार भएको बताइएको छ । जनताको सल्लाहा बिना काम गरेको कारण कालोमोसो लगाउन परेको स्थानियको भनाई छ ।