चितवनः मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्वर २५ का ३६ वर्षीय रामचन्द्र रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
भरतपुरबाट रामपुरतर्फ गईरहेको ना ४० प ७३१३ नम्बरको मोटरसाईकल र विपरीत तर्फबाट आउँदै गरेको लु ४ प ६६५० नम्बरको मोटरसाइ्कल भरतपुर महानगरपालिका वडा नम्वर १५ रामपुरमा साँझ ५ः४५ वजे ठक्कर खाएको हो । प्रहरीका अनुसार ना ४० प ७३१३ नम्वरको मोटरसाईकल चालक रेग्मीको उपचारका क्रममा साँझ ६ः ५५ बजे चितवन मेडीकल कलेजमा मृत्यु भएको हो ।
सोही दुर्घटनामा परि लु ४ प ६६५० नम्बरको मोटरसाइकल चालक भरतपुर महानगरपालिका वडा नम्वर २० का २५ वर्षीय मानबहादुर मस्र्याङ्गीे घाईते हुनु भएको । उहाँको चितवन मेडीकल कलेजमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस !