चितवनः चितवन राष्ट्रिय निकुञ्जको दिव्यपुरी ईलाकामा आज विहान वेवारीसे अवस्थामा एक सिंगे गैंडाको खाग फेला परेको छ । नवलपरासीको रजहरको दक्षिण तर्फ खोलाको वगरमा खाग फेला परेको हो ।
निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत वेदवहादुर खड्काले आज विहान खाग फेला परेको जनाउँदै त्यस विषयमा अनुसन्धान थालिएको बताउनुभयो । सो क्षेत्रमा हात्ति सहितको टोलीले अनुगमन गरिरहेको खड्काले जानकारी दिनुभयो ।
दुई साता अघि एउटा गैंडा खाग झरेको अवस्थामा सोही क्षेत्रमा देखिएको बताउँदै उहाँले त्यही गैंडाको खाग हुन सक्ने अनुमान गरिएको बताउनुभयो । आज विहान १० वजेको समयमा खाग भेटिएको जानकारी निकुञ्ज प्रशासनले प्राप्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !