चितवन:चितवन राष्ट्रिय निकुन्जले प्रतिवन्धित जंगली जनावर चित्तल मारेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खैरहनी नगरपालिका वडा नम्वर १३ का हेमबहादुर ढुङ्गाना रहेको निकुञ्जले जनाएको छ । चित्तल मारी परालको टौवामा लुकाई राखेको भन्ने सुचनाको आधारमा ढुङ्गानालाई पक्राउ गरिएको हो ।
ढुङ्गानालाई निकुञ्ज सुरक्षार्थ खटिएको टोलिले चितल मार्न प्रयोग गरिने खुकुरी, चक्कु र दाउ समेत वरामत गरेको छ । बटुकदल गणको टोलीले ढुङ्गानालाई नियन्त्रर्णमा लिएर निकुञ्जमा बुझाएको हो ।
कुमरोज सामुदायिक बन नजिकै घर रहेका ढुंगाना कसुरु ठहर भए प्रतिवन्धित जंगली जनावर मारेको अभियोगमा निकुञ्ज ऐन २०२९ को दफा २६ को उपदफा तीन अनुसार रु २० हजार देखि ५० हजार सम्म जरिवान र ६ महिना देखि एक वर्ष सम्म कैद सजाय हुने निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले जानकारी दिनुभयो ।
पक्राउ परेका ढुङ्गानालाई समय थप गरि अनुसन्धान सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !