चितवनः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालका सडकहरु सामान्यछोटो वनाउनका लागि सुरुङ् मार्ग वनाईने वताउनुभएको छ । नेकपाको भरतपुर महानगरपालिका वडा नम्वर १६ निर्वाचन परिचालन समितिले आज विजयनगरमा आयोजना गरेको चुनाबी सभालाई सम्बोधन गर्नुहुँदै उहाँले अवको युग सुरुङ् युग रहेको बताउनुभयो ।
विकासको चरणमा रहेको देशको बिकासका लागि सुरुङ्मार्ग अपरिहार्य रहेको बताउनुभयो । नेकपाको नेतृत्वको सरकारले आफ्नो सिमा कसैलाइ नछाड्ने बताउनु भएको छ । उहाँले आफ्नो एक इन्च जमिन पनि अरूलाइ नछोड्ने र अरुको पनि नलिईने बताउनुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो “सरकारले यसको कुटनितीक पहल सुरु गरिसकेको छ । नेपालको भूमी फिर्ता भएरै छाड्छ ।”
दुई पार्टी बिचको एकता संसारलाई एकताको सन्देश दिदै देशमा सम्बृद्धि, सुशासन, स्थायीत्व र बिकासका लागि भएको उहाँको भनाई थियो । उहाँले पार्टी एकता प्रधानमन्त्री वन्न हतारो भएर स्वार्थबाट नभएको स्पष्ट पार्नुभयो ।
सहमतिका साथ पार्टी एकताका सम्पूर्ण काम पुरा भएको बताउदै उहाँले नेकपाले जे भन्छ त्यो गर्छ भन्नुभयो । दाहालले थप्नुभयो “प्रधानमन्त्री केपी शर्मा ओली ५ बर्ष सरकारको नेतृत्व मार्फत राष्ट्र निर्माणमा लाग्नुहुन्छ, म पार्टीको सुदृढिकरण र संगठन बिस्तारमा केन्द्रित हुन्छु ।” अध्यक्ष दाहालले एकता पछिको नेकपा पानीको फोका नभएको भन्दै यो नयाँ नेपाल निर्माण गरेर देखाउने मुख्य आधार भएको बताउनुभयो ।
अध्यक्ष दाहालले आसन्न उप निर्वाचनमा ८० प्रतिशत भन्दा बढी स्थानमा नेकपाले बिजय हाँसील गर्ने दाबी गर्नुभयो । नेकपाको नेतृत्वमा गठित सरकारले देशको योजनाबद्द बिकासमा खेलेको भूमीकाका कारण देखिएको जनलहर देखेर प्रतिकृयावादीहरू अनर्गल प्रचारमा लागेको उहाँको भनाई थियो । नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवाले सिमा बिबादका बिषयमा भद्दा र असान्दर्भीक टिप्पणी गरेको बताउँदै भन्नुभयो “अबको युग भ्रम छरेर झुट्टा र आधारहीन हल्ला चलाएर शक्ती आर्जन गर्ने दिन गयो । सत्य तथ्य समाज रूपान्तरण सुशासन समृद्दी र बिकासका एजेन्डाहरू कार्यन्वयन गरेर मात्र शक्ती हाँसील गर्नुपर्ने हुन्छ ।”
चितवन क्षेत्र नम्वर तीनका निर्वाचित सांसद समेत रहनुभएका दाहालले आँफ्नो पहलमा भएका बिकास निर्माणका कार्यहरु र भाबी योजनाहरु पनि सुनाउनु भएको थियो । उहाँले नेकपाको उम्मेदवारलाई मतदान गर्न अपिल गर्नुभयो ।
निर्वाचन परिचालन समितिकी संयोजक दिलकुमारी थापा रावलको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश नम्वर तीनका सह ईन्चार्ज काशिनाथ अधिकारी, प्रदेश अध्यक्ष नारायण दाहाल, प्रदेश सभा सदस्य कृष्ण भूर्तेल, भरतपुर महानगरपालिका ईन्चार्ज रेनु दाहाल, नेकपाबाट वडा अध्यक्षका उम्मेदवार भक्तराज हमाल लगाएतले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !