चितवनः जंगली हात्तिको आक्रमणवाट माडीमा वावु छोराको मृत्यु भएको छ । माडी ठोरी हुलाकी सडकमा आज बिहान हात्तीको आक्रमण परी वावु छोराको मृत्यु भएको हो । चितवन राष्ट्यि निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार माडी नगरपालिका वडा नं. ९ पुरानो अम्बुवा पोष्ट नजिकै बच्चा सहितको हात्तीको बथानले आक्रमण गरेको हो ।
मृत्यु हुनेमा माडी नगरपालिका वडा नं. १ बरुवाका ६० वर्षिय बाबुराम पौडेल र उनका छोरा ३५ वर्षिय राजु पौडेल रहेका छन् । दुवै जना लु ३१ प २९११ नम्बरको मोटरसाईकलमा निकुञ्जको बाटो हुँदै यात्रा गर्दा घटना भएको हो । चलिरहेको मोटरसाईकलमा हात्तीले आक्रमण गरेको थियो । घटना आज बिहान ७ः३० बजेको समयमा भएको हो ।

प्रतिक्रिया दिनुहोस !