चितवनः ईच्छाकामना गाउँपालीका वडा नम्वर ४ धारापानी स्थित त्रिशुली नदीमा आज दिउँसो नुहाउने क्रममा वगाएर एक जना वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार बेपत्ता हुनेमा विरगञ्ज महानगरपालिका वडा नम्वर ३२ का अन्दाजी २१ वर्षिय विजय लामा रहेका छन् ।
धारापानी क्षेत्रमा ज्यालामजदुरी गरी वस्दै आएका लामा नुहाउने क्रममा दिउँसो तीन वजे वेपत्ता भएका हुन । उनको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !