चितवनः भरतले नेपालको भूमिलाई आफ्नो भूमिमा राखेर नक्सा सार्वजनीक गरेको भन्दै नेविसंघ चितवनले आज यहाँ प्रदर्शन गरेको छ । नेविसंघले वालकुमारी कलेजवाट विरोध र्यालि सहित पुलचोक पुगेको थियो । पुलचोकमा कोणसभामा परिणत भएको थियो ।
कोण सभालाई सम्वोधन गर्दै नेविसंघ नेताहरुले वर्तमान सरकारले सिमा रक्षाका लागिकाम गर्न नसकेको छिमेकीले हेप्न थालेको आरोप लगाएका थिए । नेविसंघ चितवनका अध्यक्ष सुर्य ढकालको अध्यक्षतामा सम्पन्न कोण सभामा नेपाली काँग्रेस चितवनका उपसभापति कैलाश कोईराला, नेविसंघका निर्वतमान केन्द्रिय कोषाध्यक्ष शिव रिमाल, रबिन क्षेत्री , ने बि संघ जिल्ला उपाध्यक्ष राजन दाहाल, बिनिता चापागाई,प्रकाश भन्डारी , दिनेश पौडेल,रोशन बस्नेत लगाएतले भारत बिरोधि मन्तव्य व्यक्त गरेको नेविसंघ चितवनका सचिव गणेश रिजालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !