चितवनः ईच्छाकामना गाउँपालिका वडा नम्वर ६ जलविरेमा वोलेरोको ठक्करवाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगपालिका वडा नम्वर ६ का ३० वर्षिय रोसन सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका अनुसार नारायणगढबाट मुग्लिन तर्फ जाँदै गरेको वा १० च ४४१३ नम्वरको वोलेरोले विपरित दिशावाट आउँदै गरेको वा ६६ प २९६५ नम्वरको मोटरसाईकललाई ठक्कर दिएको थियो । ठक्करवाट घाईते सापकोटाको उपचारका क्रममा पुरानो मेडीकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाईकललाई ठक्कर दिने वोलेरो र चालक प्रहरी नियन्त्रणमा रहेको छ । दुर्घटना आज विहान २ः३० वजे भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !