चितवनः नेपाल विद्यार्थी संघ चितवनले भारतले जारी गरेको नयाँ नक्साको विरोधमा गर्दै भारतले जारी गरेको नयाँ नक्सा जलाएका छन् । भारतले नेपालको कालापानी, लिपुलेख, लिम्पियाधुरा लगाएतका क्षेत्रलाई आफ्नो नक्सामा हालेको विरोधमा नेविसंघले प्रदर्शन सहित नक्सा जलाएको हो ।
भरतपुरको सप्तगण्डकी र मैयादेवि कन्या कलेजवाट निकालिएको विरोध र्यालि चौविसकोठी हुँदै पुलचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।  कोणसभा सुरु हुनु अघि उनीहरुले भारतिय नक्सा जलाएका थिए । सभालाई सम्वोधन गर्दै विद्यार्थी नेताहरुले भारतको ज्याजति अन्तय नभएर सडक संघर्ष गर्न तयार रहेको वताएका थिए ।

?

भारतिय हस्तक्षेप वन्द गरे, लिपुलेख हाम्रोहो, सिमा मिच्न पाईदैन, गोव्याक ईण्डिया, हाम्रो देश हाम्रो माटो प्राण भन्दा प्यारो छ जस्ता नारा सहित प्रदर्शनमा उत्रिएका विद्याथीहरुले सरकारको मौनताका कारण अझै हेपिनु पर्ने वाध्यता हुन सक्ने वताएका थिए । सरकारले यस विषयमा तत्काल समाधानको वाटो खोज्नु आवश्यक रहेको उनीहरुको भनाई थियो ।
कार्यक्रममा नेविसंघ नेतृ कल्पना पौडेल, नेता प्रमेश्वर खनाल, विद्यार्थी नेताहरु कृष्ण वगाले, प्रनिशा गुरुङ्, पुस्कर अधिकारी, तिलक भूषाल लगाएतले सम्वोधन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !