चितवनः मंसिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनको लागि तयारी तिव्र पारिएको छ । राजनैतिक दलहरुले उम्मेदवार तय गरेर निर्वाचनका लागि अघि वढिरहेको समयमा निर्वाचन कार्यालयले पनि आफ्नो तायरीलाई तिव्र वनाएको हो । कात्तिक २७ गते स्थानीय तहका लागि मनोनयन गर्नु पूर्व सर्वदलीय वैठक वसेर दल र उम्मेदवारलाई निर्वाचन प्रकृयाका विषयमा जानकारी गराईदै छ ।
जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार ६ वटा मतदान स्थल र १५ वटा केन्द्र तय गरिएको छ । मतदान केन्द्रका लागि ७५ जना जिल्लावाट कर्मचारी र केन्द्रमा ६० जना स्वयमसेवक नियुक्त गरिनेछ ।
चितवनमा भरतपुर महानगरपालिका वडा नं.१६ र खैरहनी नगरपालिकाको वडा नं.४ र ५ को वडा अध्यक्षका लागि उपनिर्वाचन हुन लागेको हो । राजनीतिक दलहरुले उपनिर्वाचनका लागि उम्मेद्वार घोषणा गरिसकेका छन् । उपनिर्वाचनका लागि जिल्लामा तयारी तीव्र पारिएको छ ।
जिल्ला निर्वाचन अधिकारी ढकालका अनुसार भरतपुर महानगरपालिका वडा नम्वर १६ मा ८ हजार ४ सय ८१, खैरहनी नगरपालिका वडा नम्वर ४ मा २ हजार ६ सय ९२ र वडा नम्वर ५ मा २ हजार १ सय ११ मतदाता रहेका छन् ।
जिल्लाको निर्वाचन हेर्न मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायधिश हेमन्त रावल खटिनुभएको छ । सवारी दुर्घटनामा खैरहनीका वडा अध्यक्षहरुको निधन भएको र भरतपुर १६ का वडा अध्यक्षको क्यान्सर रोगका कारण निधन भएकाले उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस !