
चितवनः नेपाली काँग्रेस चितवनले आगामि मंसिर १४ गते हुने उप निर्वाचनका लागि स्थानीय तहवाट सिफारीस भएका उम्मेदवारको नाम सर्वसहमत रुपमा अनुमोदन गरेको छ । काँग्रेस चितवनको आज वसेको नियमीत वैठकले भरतपुर महानगरपालिका वडा नम्वर १६ का लागि अमृत हमाल, खैरहनी नगरपालिका वडा नम्वर ४ का लागि देववहादुर वस्नेत र ५ का लागि प्रतिमा कार्की वस्नेतको नाम सर्वसहमतले अनुमोदन गरेको हो ।
काँग्रेस चिवतनका सभापति जीतनारायण् श्रेष्ठको अध्यक्षतामा वसेको वैठकले उपनिर्वाचन हुन लागेका वडाहरुमा सक्रिय रुपमा सहभागिता जनाउँन कार्यकर्ताहरुलाई आग्रह गरेको सचिव उत्तम जोशीले जानकारी दिनुभयो । वैठकले घोषणापत्र वनाउन, प्रचार प्रसार गर्नका लागि जिल्ला सचिवालयलाई जिम्मेवारी दिएको छ । निर्वाचनमा शक्ता र शक्तिको दुरुपयोग हुन सक्ने भन्दै चनाखो रहन समेत काँग्रेस चितवनले कार्यकर्ताहरुलाई आग्रह गरेको छ ।
स्थानीय तहको निर्वाचनका समयमा भएका वाचाहरु पुरा नभएको भन्दै आम चितवन वासिलाई नेपाली काँग्रेसलाई मतदान गर्न समेत आग्रह गरिएको जोशीले जानकारी दिनुभयो । यस्तै वैठकले मध्यवत्र्ति क्षेत्र व्यवस्थाप समितिको जिम्मेवारी हेर्ने गरी सचिव राजिव न्यौपानेको संयोजकत्वमा ७ सदसिय उपसमिति समेत गठन गरेको छ ।