चितवनः जिल्लाको मुख्य वजार नारायणगढमा दशैं लागे संगै पहिलेको तुलनामा मानिसको चहलपहल सुरु भएको छ । तर पनि आशातित व्यापार हुन सकेको छैन । जसका कारण व्यावशाहीहरु चिन्तित वनेका छन् ।
कुनै समय व्यापारका लागि भ्याई नभ्याई हुने यहाँका व्यवसायी अहिले भने दिन काट्न समेत मुस्कील भएको देखिन्छ । व्यापार नहुँदा पनि कर्मचारी पाल्न समेत धौधौ हुने गरेको उनीहरुको गुनसो छ ।

दशैंको संघारमा पनि आशा गरे जस्तो व्यापार नभए पछि व्यवसायीहरु चिन्तित भएका छन् । गाउँगाउँ सम्म व्यवसाय विस्तार हुँदै गए पछि सामान किन्न मुख्य वजारमा आउने क्रम घटेर गएको हो ।
यसै बजारवाट छिमेकी जिल्लाहरुमा समेत सामान जाने गरेकोमा सो क्रम पनि घटेर गएको छ । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान बजारमा चहलपहल कम भएको बताउनु हुन्छ । टोलटोलमा राम्रा सपिङ्ग सेन्टरहरु खुलेपछि बजार आउने क्रम घटेको उहाँको भनाई छ । अनलाईन सपिङ्ग, आवश्यक भन्दा वढि पसल लगाएतका कारण पनि बजारमा व्यापार घटेको प्रधानको ठम्याई रहेको छ ।
किराना व्यवसायी संघ चितवनका अध्यक्ष ईश्वरी प्रसाद खराल हरेक वर्ष व्यापार घट्दै गएको वताउनु हुन्छ । गत वर्षको भन्दा आधा पनि व्यापार यस वर्ष नभएको उहाँको भनाई छ । सामान मगाएर विक्रि गर्न व्यवसायी डराएको भन्दै उहाँले विभिन्न नाममा बुझाउनु पर्ने करका कारण व्यवसायी आजित र त्रशित भएको बताउनुभयो । व्यवसायी कर तिर्न चाहान्छन् तर कति ठाउँमा कर तिर्नेहो खरेलले प्रश्न गर्नु भयो । व्यापार घट्ने र खर्च वढ्ने हुँदा व्यवसायीहरु धानीन मुस्किल भएको उहाँ बताउनुहुन्छ ।
फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष खिमलाल अर्याल भाटभटेनी, चौधरी जस्ता मल र गाउँगाउँका पसलका कारण ग्राहक बजार आउने संख्या घटेको बताउनु हुन्छ । २६ वर्ष देखि वजारमा व्यवसाय गर्दै आउनु भएका अर्याल अघिल्ला वर्षहरुको तुलनामा खर्च दोव्वर भएको तर व्यापार आधा भएको वताउनु हुन्छ । पुरानो पसल भएकाले पसलनै विक्रि गर्न खोज्दा विक्रि नहुने र व्यापार पनि नहुने भएकाले धानेर कतिदिन बस्ने अन्यौलमा परेको आर्यलले गुनासो गर्नुभयो ।
एउटै फेन्सि पसलमा रु ५० लाख भन्दा वढि लगानि हुने भन्दै उहाँले त्यसको व्याज, वढ्दो घरभाडा र कर्मचारीको पारिश्रमीकका कारण व्यवसायीहरु दिनानुदिन धरासाही वन्दै गरेको बताउनु भयो ।
कपडा व्यवसायी संघ चितवनका अध्यक्ष लक्ष्मिनारायण श्रेष्ठ हरेक वर्ष व्यापार घट्दो क्रममा रहेको बताउनु हुन्छ । थोक र खुद्रा दुवै व्यवसाय प्रभावित भएको उहाँको भनाई छ । बाउ बाजेले गरेको पेशा भएकाले छोड्न नसकेको भन्दै उहाँले भन्नुभयो “जानेको यहि हो । छोडेर के गर्नु । फसेको फस्यै भईयो । ”
नारायणगढ वजारमा सिमित स्थानमा मात्र पार्कीङ् रहेको छ । तीन पाँग्रे सवारी संञ्चालन गर्न पाईदैन । यी कारणले पनि ग्राहक बजार आउन रुचाउँदैनन् । यस संगै एउटै सटरको भाडा रु ५० हजार सम्म पर्ने गर्दछ । जसका कारण विक्रि मूल्य वढि हुने ग्राहकको अनुमान छ । यसैले गर्दा पनि ग्राहकको रोजाई बजार कम हुँदै गएको छ ।
भरतपुरको ओरालोमा सुविधा सम्पन्न भाटभटेनी र सिजि मल सुरु भएको छ । भाटभटेनीमा आवश्यक सवै सामाग्री एकै स्थानमा पाईन्छ । सिजिमा व्राण्डेड सामाग्री पाईन्छ । दुवै स्थानमा पार्कीङ्को सुविधा रहेको छ । ती ठाउँ बातावरण अनुकुलीत भएकाले ग्राहकको रोजाईमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस !