चितवनः कारागार कार्यालय भरतपुरमा रहेका कैदीको मृत्यु भएको छ । कारागार कार्यालयका अनुसार मृत्यु हुनेमा धादिङ्को गजुरी गाउँपालिका घर भएका ३७ वर्षिय साईला भनिने राजकुमार राईको रहेका छन् ।
कार्यालयका प्रमुख कमल प्रसाद काफ्लेका अनुसार जवरजस्ती करणी मुद्धामा वि. सं २०७३ सालमा ६ वर्ष कैद सजाय पाएका राईको आज विहान मृत्यु भएको हो । क्यान्सर रोगका कारण काठमाडौंवाट यहि असोज २ गते कारागार कार्यालय भरतपुर ल्याईएको थियो । उनको उपचारका क्रममा बी.पी. कोईराला मेमोरियल क्यान्सर अस्पतालमा मृत्यु भएको हो ।
मृतक राईको शव परिक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । यस कारागारमा दिर्घ रोगिहरु १ सय १२ जना रहेका छन् । देशका विभिन्न जिल्लाहरुवाट उपचारका लागि यहाँ पठाउने गरिएको छ । कार्यालयका प्रमुख काफ्लेका अनुसार हाल कारागारमा मधुमेहका ५५ जना, उच्च रक्तचापका ४३ जना, क्यान्सरका ७ जना, एच आईभि एड्सका ४ जना, मानसिक रोगि २ जना र कुष्ठरोगि १ जना रहेका छन् ।
२ सय ५५ जना पुरुष र २५ जना महिला कैदी वन्दीको क्षेमता रहेको यस कारागारमा हाल ७ सय ६९ जना कैदी वन्दी रहेका छन् । ६ सय ९८ जना पुरुष र ६८ जना महिला कैदी वन्दी रहेका छन् । उनीहरु संग आश्रीत तीन जना बालबालीका पनि कारागारमा रहेका छन् ।
क्ैदी वन्दीको चाप वढ्दै गए संगै कारागार कार्यालयले यहाँ रहेका ५० जना कैदी तथा वन्दीहरुलाई स्थानान्तरण गरेको छ । सो क्रममा विभिन्न मुद्धामा सजाय भोग्दै आएका लाई कारागार व्यवस्थापन विभाग संगको सहकार्यमा कारागार कार्यालय भिमफेदीमा पठाईएको हो । काफ्लेका अनुसार कैदी वन्दीको चाप वढे संगै स्थानान्तरण गरिएको हो । हेटौडामा महिला वन्दि गृह नहुदाँ र नवलपुरमा कारागार कार्यालय नवन्दा यहाँ कैदी, वन्दीको चाप वढेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !