चितवनः गणतन्त्र पक्षधरको आलोचना गर्दै भ्रष्टाचार विरोधि अभियान गर्दै आउनु भएका ज्ञानेन्द्र शाही माथि यहाँ भएको आक्रमणको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनले समिति गठन गरेको छ । प्रहरी नायव उपरिक्षकको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरीएको हो ।
कार्यालयका प्रमुख प्रहरी उपरिक्षक दान वहादुर मल्लका अनुसार पिडित पक्षवाट हाल सम्म उजुरी परेको छैन । २४ घण्टा सम्म पनि उजुरी नपरेपछि प्रहरी कार्यालयले घटनाको अनुसन्धान गर्न समिति वनाएको हो । मल्लका अनुसार के कसरी घटना घट्यो र संलङ्न व्यक्तिहरुको पहिचानका लागि समितिले काम गर्ने छ ।
समितिले तीन दिन भित्र आफ्नो प्रतिवेदन पेश गर्ने छ । सोहीका आधारमा दोशीलाई कारवाहि गर्न सहज हुने उहाँले वताउनु भयो । शनिवार दिउँसो भरतपुरको चौविसकोठीमा शाहीले सम्वोधन गर्न लागेको कार्यक्रम विथोलिए पछि फर्कने क्रममा होटल परिषरमा उहाँमाथी आक्रमण भएको थियो । उहाँ चढेको माईक्रो बसमा आक्रमण भएको हो । सो क्रममा घाईते हुनुभएका शाहीलाई यहाँको चितवन मेडीकल कलेजमा उपचार पछि थप उपचारका लागि सोही दिन काठमाण्डौं लगिएको थियो ।
सो घटना पछि सामाजिक संञ्जालहरुमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल माथि चरित्र हत्या हुनेगरि अपशव्दहरु लेखिएको भन्दै महानगरपालिकाले प्रहरीमा उजुरी दर्ता गरेको छ । प्रहरी प्रमुख मल्लका अनुसार सो उजुरी पछि खैरहनीका ३० वर्षिय पशुपति श्रेष्ठलाई पक्राउ गरि अनुसन्धान थालिएको छ । अन्यको खोजिकार्य भईरहेको उहाँले वताउनु भयो ।
महानगरको उजुरी साईवर क्राईम व्यूरोमा पठाईएको र त्यहाँवाट पनि अनुसन्धान सुरु भएको मल्लले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !