चितवनः भ्रष्टाचार विरोधि अभियानका अभियान्ता एवं गणतन्त्र पक्षधरको आलोचना गर्दै हिड्नु भएका ज्ञानेन्द्र शाही माथि आज यहाँ सांघातिक आक्रमण भएको छ । भरतपुरको चौविसकोठीमा उहाँको समुहले आयोजना गर्न लागेको कार्यक्रम विथोलिए पछि आँफु वसेको होटलवाट वाहिरीने क्रममा दिउँसो उहाँमाथी आक्रमण भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुरको होटल ग्लोवलबाट वाहिरीने क्रममा वा ३ ख ८४५८ नम्वरको माईक्रोमा आक्रमण भएको हो । युवा समुहले ढुङ्गा, रड, लाठी प्रहार गरि माईक्रो भित्र रहनुभएका शाही सहितको समुहमाथि आक्रमण गरेको हो ।
प्रहरी उपरिक्षक दानवहादुर मल्लका अनुसार घाईते शाही सहित सवैको चितवन मेडीकल कलेजमा उपचार भईरहेको छ । प्रहरीका अनुसार शाहीको दाहिने खुट्टाको वुढिऔलामा गहिरो चोट लागेको देखिएको छ । शाहीले टाउको, छाती र ढाडमाथि प्रहार भएकाले निकै दुखेको जनाउनु भएको छ । अस्पतालमा रहेका प्रहरीका अनुसार उहाँ संगै चार जना सामान्य घाईते भएका छन् । मल्लका अनुसार सो क्रममा आक्रमण गर्ने एक जनालाई पक्राउ गरिएको छ ।
शाही यहाँ आएको वारेमा आँफुहरुलाई थाहा नभएको मल्लले जानकारी दिनुभयो । उहाँमाथी आक्रमण भएको खवर पाउनासाथ उद्धार गरिएको मल्लको भनाई छ । त्यस अघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकट युवाहरुले चौविसकोठीमा शाहीले संम्वोधन गर्ने गरि गर्न लागिएको कार्यक्रम विथोलेका थिए ।
झडप हुन सक्ने भन्दै प्रहरीले पनि कार्यक्रम नगर्न आग्रह गरेको मल्लले वताउनु भयो । शाहीमाथि कस्ले आक्रमण गर्यो भन्ने विषयमा वुझ्ने काम भईरहेको उहाँले जानकारी दिनुभयो । सो क्रममा माईक्रोवस तोडफोड भएको छ ।

प्रतिक्रिया दिनुहोस !