चितवनः भरतपुर महानगरपालिका वडा नम्वर २९ जुगेडीमा आज विहान गुडिरहेको बसलाई पछाडीको बसलाई ठक्कर दिँदा १२ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार धनगढीबाट काठमाडौं तर्फ जाँदै गरेको ना ५ ख ९४११ नम्वरको बसलाई नेपालगञ्जबाट कामाण्डै तर्फ गईरहेको ना ५ ख ६६४७ नम्वररको बसले ठक्कर दिँदा सोहि वसमा सवार १२ जना घाईते भएका हुन । ना ५ ख ६६४७ नम्वरको वसमा सवार २९ जना मध्ये १२ जना घाईते भएका हुन ।
घाईते हुनेहरुमा कालिकोटको खिन गाउँपालिका वडा नम्वर ९ बस्ने ५० वर्षिया छमकला बि.क., बसका चालक बांके सोतारी गाउँपालिका वडा नम्वर २ बस्ने ३७ वर्षिय ज्योदी प्रसाद थारु, बांके नेपालगन्ज ३ बस्ने ४५ वर्षिया पदुमा के.सी., बांके बैजनाथ २ बस्ने ६० वर्षिया भबी बस्नेत, साहीे स्थान वस्ने ३२ वषिय ईन्द्र बहादुर बस्नेत, बर्दिया भुरी गाउम्पालिका वडा नम्वर ३ बस्ने २० वर्षिय रुपेश थापा रहेका छन् ।
यस्तै बांके नेपालगन्ज १८ बस्ने ४५ वर्षिय खडकी राय दास, कोजलपुर १ बस्ने २१ व्र्षिया मनिषा बि.क., सोही स्थान वस्ने २७ वर्षिय सुरेन्द्र बि.क,.बांके कोहलपुर ११ बस्ने २७ वर्षिया सुनिता श्रेष्ठ, सोहि स्थान वस्ने ३० वर्षिया फगिसरा बि.सी. र सुर्खेत दशरथपुर गाउँपालिका वडा नम्वर ४ बस्ने ५० वर्षिया हरिमांया परियार रहेका छन् ।
घाईते मध्ये चार जनाको अवस्था मध्यम रहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरुको पुरानो मेडीकल कलेजमा उपचार भईरहेको छ ।