चितवन: चट्याङ् लागेर आज एक जना घाईते भएका छन् । घाईते हुनेमा भरतपुरमा रहेको कालिवहादुर गणमा सेनाको सैन्य पदमा कार्यरत आर्यान गुरुङ् रहेको प्रहरीले जनाएको छ । कार्यालयमानै रहेको समयमा चट्याङ् लागेका २६ वर्षिय गुरुङ्को अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । लमजुङ घर भएका गुरुङ्को चितवन मेडीकल कलेजमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस !