चितवनः निर्माण व्यवसायी संघ चितवनको अध्यक्षमा उमानन्द कँडेल “वावुराम” विजयी हुनु भएको छ । शुक्रबार राति सम्पन्न मतगणनामा बाम प्यानलका उम्मेद्वार छवि गौतमलाई १३६ मतले पराजित गर्दै नेपाली काँग्रेस निकटका कँडेल विजयी हुनु भएको हो । कँडेलले २०४ मत प्राप्त गर्नु भयो भने प्रतिष्पर्धी गौतमले ६८ मत प्राप्त गर्नु भएको थियो ।
यस्तै द्धितीय उपाध्यक्षमा बाम प्यानलका दिनेशचन्द्र न्यौपाने विजयी हुनुभएको छ । उहाँले काँग्रेस निकटका भिष्म अधिकारीलाई पराजित गर्नु भएको हो । न्यौपानेले १५४ मत प्राप्त गर्दा अधिकारीले ११६ मत प्राप्त गर्नुभयो । यस्तै संघको सचिवमा झिनो मतान्तरले पुष्कर अधिकारी विजयी भएका छन् । अधिकारीले १३६ मत प्राप्त गर्नुभयो भने उहाँका निकटम प्रतिद्धन्द्धी राजेन्द्रकुमार श्रेष्ठले १३२ मत ल्याए । त्यसैगरी सह–कोषाध्यक्षमा ताराप्रसाद दुवाडी विजयी भएका छन् । दुवाडीले १६० मत प्राप्त प्राप्त गर्दा उहाँका निकटम प्रतिद्धन्द्धी बाबुराजा सिंहले १११ मत प्राप्त गर्नुभयो ।
यस्तै संघको खुुल्ला सदस्यमा सहदेव उप्रेती, संजय न्यौपाने, शिवलाल ढकाल, प्रकाश तिवारी, दीपक अधिकारी, विष्णु प्रसाद लामिछाने, दीपक पाठक र पिताम्बर बास्तोला विजयी हुनु भएको छ । कुल ८ जना खुल्ला सदस्यका लागि १६ जनाबीच प्रतिस्पर्धा भएको थियो।
यस्तै संघको बिहीबार भएको मनोनयन दर्ताको क्रममा प्रथम उपाध्यक्षमा केशवप्रसाद लामिछाने र महासचिवमा पुस्तक अधिकारी निर्विरोध निर्वाचित भएका थिए । कोषाध्यक्षका उत्सव भट्टराई र महिला सदस्यमा पनि रोजिना भट्टराई निर्विरोध निर्वाचित हुनुभएको छ । निर्वाचनमा कुल २७८ मत खसेको थियो । संघमा २८४ मतदाता रहेका छन् । नेकपाले लगाएको हुईपलाई वेवास्ता गर्दै मतदाताले मत दिएको अनुमान नेकपा निकट व्यवसायीहरुले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !