चितवनः प्रदेशनम्वर तीनका मुख्यमन्त्री डोरमणी पौडेलले सरकार र व्यवसायी मिलेर निर्माणमा जुट्नुपर्ने वताउनु भएको छ । निर्माण व्यवसायी संघ चितवनको २६ औं वार्षिक साधारण सभातथा अधिवेशनको आज यहाँ उद्घाटन गर्नुहुँदै उहाँले हिजोको शैली परिवर्तन गर्न नसकेमुलुक संम्वृद्धि तर्फ अघि नवढ्ने वताउनु भयो ।
हामीसंग स्रोत साधन भएको भन्दै उहाँले त्यसलाई सहि ढङ्गले परिचालन गर्न नसकेका कारण विकासमापछि परेको वताउनु भयो । उहाँले भन्नुभयो “हिजोको भन्दा फरक ढङ्गले काम गरे मात्रपरिवर्तन सम्भव छ ।” निर्माण व्यवसायीलाई सम्वोधन गर्दै उहाँले भन्नुभयो “हामी सपनामात्र देख्छौ, त्यो साकार वनाउने काम तपाईहरुको हो ।”
निर्माणकाक्षेत्रमा कमि कम्जोरी र ढिलाई हुने गरेको भन्दै उहाँले समयमा काम गर्नेलाई सम्मान रनियतवस ढिला गर्नेहरुलाई कारवाहि तपाईहरुलेनै गर्नु पर्छ भन्नुभयो । काम गर्न खोज्दा सडकमाआउने प्रचलन खराव भएको भन्दै उहाँले भन्नुभयो“सरकार नयाँ काम गर्न खोज्छ, सडकवाट आन्दोलनसुरु हुन्छ ।”प्रदेशनम्वर तीनमा अव देखिने गरि ठूला आयोजनाहरु वन्ने पनि उहाँको भनाई थियो ।
कार्यक्रममा प्रदेशका भूमिसुधार कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामालेईमान्दारीता पूर्वक काम गरे जिल्लामा वजेटको अभाव नहुने वताउनु भयो । सोहिअवसरमा निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष निकोलश पाण्डे, महासचिव रोशनदाहाल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला अध्यक्ष यमवहादुर परियार, नेपालीकाँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ लगाएतले वोल्नु भएको थियो । अधिवेशनलेनयाँ नेतृत्व चयन गर्नेछ ।






