चितवनः प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले चितवनको भरतपुरमा रहेको सामुदायिक क्याम्पस सप्तगण्डकी बहुमुखी क्याम्पससंग आफुलाई डाह लागेको बताउनु भएको छ । आज सप्तगण्डकी बहुमुखी क्याम्पसको शैक्षिक रेडियो तथा टेलिभिजन ल्यावको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले आफुले लामो समय नेतृत्व गरेको मकवानपुर सामुदायीक क्याम्पसलाई उछिनेर चितवनको सामुदायीक क्याम्पसले नयाँ कार्यक्रम सुरु गर्दा आफुलाई डाह लागेको बताउनुभयो ।
सामुदायीक क्याम्पसमा मकवानपुर क्याम्पस अगाडी छ भन्दा भन्दै चितवनबाट रेडियो तथा टेलिभिजन ल्याव उद्घाटन गर्न बोलाउँदा आफुलाई डाह र रिस उठेपनि बधाई दिन पछि नहट्ने उहा“को भनाई छ । मकवानपुर र सप्तगण्डकी क्याम्पसले एकैसाथ क्वि.ए.ए सर्टिफिकेट हात पारेकाले पनि यसका कार्यक्रमहरुबारे आफुलाई पनि चासो रहने उहाले बताउनुभयो ।
सो अवसरमा मुख्यमन्त्री पौडेलले सामुदायिक क्याम्पसहरुलाई धेरै समस्या र चुनौती रहेको उल्लेख गर्नुभयो । सरकारले स्विकृति दिएर छोड्ने , विद्यार्थीले एक रुपैंया पनि तिर्न नपरोस् भन्ने चाहने, शिक्षकहरु टियूको जस्तै वा सो भन्दा बढी सेवासुविधा खोज्ने र अभिभावकले गुणस्तरीय पढाई खोज्ने गर्दा सबैको तालमेल मिलाउन पब्लिक क्याम्पसलाई निकै चुनौती रहेको उहाँले टिप्पणी गर्नुभयो ।
प्रदेश सरकारले गत वर्ष देखि सामुदायिक विद्यालय तथा सामुदायिक क्याम्पसको सवलीकरण कार्यक्रम अघि सारेको छ । केन्द्र सरकारबाट पब्लिक क्याम्पसका समस्या सुनुवाई नभएको अवस्थामा प्रदेश सरकारको सानो कदम पनि फलदायी हुने उहाँले जिकिर गर्नुभयो ।
सप्तगण्डकी क्याम्पसले स्थापना गरेको शैक्षिक रेडियो तथा टेलिभिजन ल्याव को लागि प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय प्रदेश नम्बर ३ को क्याम्पस सबलीकरण सहयोग अनुदान कार्यक्रम अन्र्तगत २० लाख रुपैंया उपलब्ध गराएको हो ।
सप्तगण्डकी बहुमुखी क्याम्पसमा दश जोड दुई , स्नातकर स्नातकोत्तर तहमा गरी ३ हजार विद्यार्थी अध्ययनरत छन् । क्याम्पसले वि.सं २०६० सालदेखि दशजोड दुईमा आमसञ्चार तथा पत्रकारीता विषय अध्यापन गर्न सुरु गरेको हो । स्नातक तहमा वि.सं २०६५ सालदेखि अध्यापन सुरु गरेको क्याम्पसले पत्रकारीता क्षेत्रको लागि प्रत्यक वर्ष ३५ दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ । पत्रकारिता वि.सं २०४५ सालमा स्थापना भएको क्याम्पसले वि.सं २०७४ सालमा क्वालीटी एस्योरेन्स एक्रिडिटेसन (क्.िए.ए) मान्यता प्राप्त गरेको हो ।








