
चितवनः नारायणगढ मुग्लिन सडक खण्डको घुमाउनेमा आज दिउँसो ट्रकले कारलाई ठक्कर दिदाँ कारमा सवार चार जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार नारायणगढवाट मुग्लिन तर्फ जाँदै गरेको ना ७ ख ७७९२ नम्वरको ट्रकले विपरित दिशावाट आउँदै गरेको वा २ ज ३५६६ नम्वरको कारलाई ठक्कर दिएको हो ।
सो क्रममा कारमा सवार चार जना घाईते भएका हुन । प्रहरीले दिएको जानकारी अनुसार घाईते हुनेमा कार चालक नुवाकोट जिल्लाको ककनीका २८ वर्षिय राम प्रसाद ढुङ्गाना, काभ्रे वतासेका ३६ वर्षिय मुरली धिमाल, सोहि ठाउँका ३६ वर्षिया कमला धिमाल र कैलालीका १९ वर्षिया वर्षा शाही रहनु भएको छ । उहाँहरु मध्ये मुरली धिमालको अवस्था गम्भिर र अन्यको मध्यम रहेको प्रहरीले जनाएको छ । घाईते सवैको चितवन मेडीकल कलेजमा उपचार भईरहेको छ ।
ट्रक र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना दिउँसो करिव ४ वजेको समयमा भएको हो ।