वेनिलि तथा विएम डव्लु मोटरसाइृकल शोरुमको शाखा आज देखि भरतपुरको हाकीमचोकमा संञ्चालनमा आएको छ । पिनानकल मोर्टसको सो शोरुमको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले एक समारोहका विच उद्घाटन गर्नु भएको थियो ।
युवा पुस्तको चाहनालाई लक्षित गरी सो शोरुम संञ्चालनमा ल्याईएको हो । पछिल्लो समय वजारमा देखिएका मोटरसाईकलहरुको भन्दा उच्च गुणस्तरीय मोटरसाईकल रहेको छ । केटीएम ईन्डरनेश्नलका निर्देशक उदिप श्रेष्ठका अनुसार जिल्लामा पहिलो शोरुमको रुपमा यो रहेको छ । पिनाकल मोटर्सका प्रवधन्धक ईश्वर कमार श्रेष्ठका अनुसार टर्वो मोटर्स टे«डलिंकको चितवनको पहिलो यस शोरुमले एक सय पचास देखि तीन सय १३ सिसि सम्मका मोटरसाईकलहरु विक्रि वितरण गर्ने छ ।
यस शोरुममा रहेका मोटरसाईकहरु मध्ये विएम डव्लुका मोटरसाईकलहरुलाई ९ लाख ५० हजार देखि ११ लाख १५ हजार सम्म पर्ने गर्दछ । यो ३ सय १३ सिसिको हुने छ । यस्तै वेनिलि लानई २ लाख ३० हजार देखि ८ लाख ६० हजार सम्म पर्ने छ भने यो १ सय ५० देखि ३ सय सिसि सम्मका रहेको शोरुमका संञ्चालक उत्सव श्रेष्ठले जानकारी दिनु भयो ।