चितवनः नेपाली काँङ्ग्रेसका महामन्त्री डा. शशांक कोईरालाले सरकार अहिले एकतन्त्रीय शासन तर्फ लागेको आरोप लगाउनु भएको छ । नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ् व्यवसायी महासंघको तेस्रो वार्षिक साधारण सभाको आज गैंडाकोटमा उद्घाटन गर्नुहुँदै उहाँले सरकार दुई तिहाईको दव्वका साथ एकतन्त्रीय शासन चलाउन खोजेको वताउनु भयो ।
उहाँले भन्नुभयो “सरकारको अहिलेको रवैयाका कारण मुलुक अत्यन्त खतरनाक अवस्थामा पुग्ने र वचाउन नसकीने हुन सक्छ ।” यसवाट मुलुकलाई रोक्नका लागि काँग्रेस सचेत रहेको उहाँको भनाई थियो । कोईरालाले थप्नुभयो “सम्माननीय प्रधानमन्त्री ज्यूले सम्पूर्ण कुरा आफ्नो हातमा लिन खोज्दै हुनुहुन्छ, यसको हामी भत्र्सना गर्दछौ ।”
कार्यक्रममा वोल्दै उहाँले सरकारले संविधानलाईनै तोडमोड गर्न खोजेको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो “काँङ्ग्रेस यसमा सतर्क रहेको छ यो कथापि हुन दिदैनौ ।”
महामन्त्री कोईरालाले भन्नुभयो “तपाईहरुको साथ र सहयोग रहयो भने हामी संविधानलाई तोडमोड गर्न दिदैनौ ।”
विपिले २०१२ सालमा नेपालमा संविधान सभा मार्फत वनेको संविधान चाहिन्छ भन्नुभएको भन्दै उहाँले यो संविधानलाई केरमेट हुन काँग्रेसले किमार्थ दिदैन भन्नुभयो । फरक प्रसंगमा वोल्दै महामन्त्री कोईरालाले कृषि क्षेत्रमा क्रान्ति ल्याउन नसके मुलुकको अवस्था भयवह वन्ने वताउनुभयो । व्यवसायीहरुको मागलाई संम्वोधन गर्न सरकारलाई वाध्य पार्ने उहाँको भनाई थियो ।
साधारण सभामा वोल्दै व्यवसायीहरुले सरकारले पान नम्वर विना तलव दिन नहुने निति ल्याएको भन्दै यसको विरोध गरेका छन् । यस नितिले पहिलो मारमा क्याटरीङ् व्यवसाय पर्ने भन्दै उनीहरुले दैनीक रुपमा थपघट भईरहने कर्मचारीको हकमा यो लागु हुन नसक्ने वताए ।
महासंघका अध्यक्ष तिला वहादुर जिसीले देशभर रहेका जनप्रतिनिधिहरु वाट पहिला यो कार्यान्वयन गर्नु पर्ने माग गर्नु भयो । उहाँले भन्नुभयो “कर वाट तलव भत्ता खाएरवसेका स्थानीय तहका जनप्रतिनिधिहरुलाई पान नम्वर आवश्यक नपर्ने तर विहान काम गरेर वुलुका खानेलाई कर लाग्ने कस्तो नियम हो ।” जनप्रतिनिधिहरुले पान नम्वर लिएर वल्ला अन्यलाई लगाउनु पर्ने यहाँको भनाई थियो ।
सो अवसरमा गैडाकोट नगरपालिकाका प्रमुख छत्र पौडेल, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, उद्योग संघ चितवनका उपाध्यक्ष त्रिलोचन कडेंल, महासंघका सल्लाहाकार प्रभाकर पण्डीत, प्रा.डा. हरिहर पोख्रेल, देवेन्द्ररत्न शाक्य लगाएतले वोल्नु भएको थियो ।
महासंघका अध्यक्ष तिला वहादुर जिसीको सभपतित्वमा भएको साधारण सभामा देशभरमा पार्टीप्यालेस संञ्चालन गरेका १ सय ५० जना सदस्य सहभागि वनेका छन् ।

प्रतिक्रिया दिनुहोस !