
चितवनः नेपाली काँग्रेस चितवनले दोस्रो चरणको जागरण अभियान आज देखि जिल्लाका सवै प्रदेश स्तरका क्षेत्रहरुमा सुरु गरेको छ । काँग्रेसको केन्द्रिय कार्यसमती निदेृशन अनुसार जिल्लाका प्रतिनिधि सभा अन्तर्गत रहेको प्रदेश सभाका निर्वाचन क्षेत्रहरुमा आज एकैसाथ अभियान सुरु गरेको हो ।
१ सय ६ औं विपि जयन्तीको अवसर पारेर प्रत्यक निर्वाचन क्षेत्रमा एक सय ६ वटा विरुवा गरि ६ सय ३६ विरुवा रोपेर कार्यक्रमको सुरुवात गरेको हो । कार्यक्रमका लागि केन्द्रले पठाएका प्रतिनिधि र जिल्लाले तोकेका प्रतिनिधिहरु सहित सवै क्षेत्रमा एकै साथ कार्यक्रम गरि मनाईएको हो ।
नेपाली काँग्रेसले चितवन प्रतिनिधि सभा क्षेत्र नम्वर १(क) मा नवराज महत, (ख) प्रेमवहादुर खड्का, २ (क) गणेशमान चक्रधर, (ख) रामचन्द्र माईकल, ३ (क) धर्मराज अर्याल, (ख) धनलक्ष्मि श्रेष्ठ लाई प्रतिनिधिको रुपमा खटाएको थियो । सवै प्रतिनिधिहरुले कार्यक्रमको उद्घाटनका क्रममा वोल्दै पार्टीलाई अहिलेको अवस्थावाट पुरानो अवस्थामा फर्काउनका लागि अभियान प्रभावकारी वन्ने वताउनु भएको छ ।
विपिको जन्म जयन्तिको अवसरमा विरुवा रोप्दा जस्तो खटाई अन्य समयमा पनि हुन आवश्यक रहेको उहाँहरुको भनाई थियो । काँग्रेसले संञ्चालन गरेको जागरण अभियानले पार्टी भित्रका आन्तरीक विवादको समेत अन्त्य गर्ने उहाँहरुले वताउनु भयो । अहिले निार्वचनमा देखिएका तिक्तताहरुको अन्त्य गर्दै काँग्रेसलाई वलियो वनाउन र काँग्रेसले हाल सम्म गरेको काम र आगामी दिनमा गर्नु पर्ने कामका विषयमा आम कार्यक्रताहरुलाई जानकार गराउनु अहिलेको आवश्यकता रहेको छ ।
काँग्रेस चितवनका सचिव उत्तम जोसीका अनुसार असोज सात गने सम्म संञ्चालन हुने सो अभियानका लागि चितवन प्रतिनिधि सभा क्षेत्र नम्वर १ प्रदेश (क) मा जिल्ला सह सचिव सुर्य अर्याल, (ख) मा जिल्ला सचिव राजिव न्यौपाने, प्रतिनिधि सभा क्षेत्र नम्वर २ प्रदेश (क) मा जिल्ला सचिव उत्तम जोशी, (ख) मा प्रवक्ता निता ढकाल, प्रतिनिधि सभा क्षेत्र नम्वर ३ प्रदेश (क) मा जिल्ला कोषाध्यक्ष शंकर कडेंल, (ख) मा जिल्ला उपसभापति कैलाश कोईरालालाई जिम्मा लगाएको छ ।
अभियानका क्रममा प्रदेश क्षेत्रमा तीन सय युवालाई अहिले सम्मका आन्दोलन र यसवाट प्राप्त उपलव्धि, विपिको विचार लगाएतका विषयमा जानकारी गराउने, नागरिक सम्वाद कार्यक्रम गर्ने, युवा केन्द्रित विशेष सम्वाद, अन्तरक्रिया, अग्रज, सहिद परिवार र द्धन्द्ध पिडितहरु संघ घरदैलो , नयाँ सदस्यता वितरण, स्थानीय तहहरुको दुई वर्षको समिक्षा लगाएतका रहेको उहाँले जानकारी दिनु भयो ।
सभापति जीतनारायण श्रेष्ठका अनुसार अभियानका क्रममा हुने कार्यक्रमहरुको सुचना संप्रेषणका लागि जिल्ला सदस्य डा. ईश्वरी लौडारीको संयोजकत्वमा पाँच सदसिय उपसमिति गठन गरि काम गरिएको छ ।
जागरण अभियानमा महंगि, भ्रष्टाचार, अलोकतान्त्रीक विधेयक, कम्युनिष्ट सरकारको कुशासन वढ्दो महिला हिंसा, वलत्कार र हत्या लगाएतका विषयमा केन्द्रित हुने श्रेष्ठले जानकारी दिनु भयो । जिल्ला स्तरमा स्थानीय तहहरुले गरेको कर वृद्धि देखि विकास निर्माणका क्रममा भएका अनियमितताका विषयमा पनि छलफल हुने सचिव जोशीले जानकारी दिनु भयो ।
जिल्ला सभापति श्रेष्ठका अनुसार जिल्लामा समापनको दिन विरोध प्रदर्शन सहितको कार्यक्रम हुने छ । नेपाली काँग्रेसले पहिलो चरणको जागरण अभियान गत वैशाख २५ गते देखि जेठ २५ गते सम्म देशव्यापी रुपमा सम्पन्न गरेको थियो ।