चितवनः भरतपुर महानगरपालिका वडा नम्वर ५ कैलाशनगरवाट दुई दिन अघि हराएकी वालिका मृत भेटिएकी छन् । कैलाशनगर वस्ने ६ वर्षिया स्मृति कार्की घर नजिककैको नहरमा मृत भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार वालिका यहि भदौ १९ गते आँफ्नै घरवाट हराएकी थिईन । उनीलाई आज विहान घर नजिकै रहेको नहरमा फेला परेकी थिईन । उनलाई उपचारका लागि लागि भरतपुर अस्पताल ल्याईएको थियो । अस्पतालले मृत घोषणा गरेको हो ।
उनको शव पोष्टमाटमका लागि अस्पतालमा राखिएको छ भने घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । बालिकाको परिवारले कसैले उनको हत्या गरेको आरोप लगाएका छन् । शुक्रबार नहर बन्द गरेर खोज्दा नभेटिनु तर शनिबार बिहान त्यही नहरमा शव भेटिनुले कसैले उनको हत्या गरी नहरमा फालेको स्पष्ट हुने परिवारको दाबी रहेको छ । बालिकाको परिवारले यो हत्या नै भएको भन्दै दोषी पत्ता लगाई कडा भन्दा कडा कारबाहीको माग गरेका छन् ।