चितवनः आज विहान करिव ८ः४० वजेको थियो । भरतपुर विमानस्थलमा यात्रुहरुको आवागमन सुरु भई सकेको थियो । त्यहाँ सुरक्षा निकायका प्रमुखहरुको पनि वाक्लो उपस्थिति रहेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री आउने कार्यक्रम रहेछ ।
करिव ९ वजे वुद्ध एयरको जहाजवाट संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराई र नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौला भरतपुर विमानस्थल उत्रनु भयो । उहाँलाई स्वागत गर्नेहरुको लामा थियो । मन्त्रीका लागि स्वागत गर्ने र काँग्रेस नेताको स्वागत गर्नेको लामा राम्रो देखिन्थ्यो । प्राय जसो सवैले आ आफ्ना नेताहरुका लागि स्वागत गर्न भन्दै एक थान खादा लिएर आएका थिए ।
जव मन्त्री भट्टराई र नेता सिटौला दुवै जना एकै साथ झरेर गफ्र्दिै अति विशिष्ट कक्ष तर्फ लम्कन थाल्नु भयो तव चितवनका प्रमुख जिल्ला अधिकारी हतार हतार मन्त्री ज्यूको स्वागतमा लम्किनु भयो । यसै क्रममा एउटा आर्चय देख्न पाईयो । मन्त्रीलाई स्वागत गर्न पुग्नु भएका प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेतलाई मन्त्री भट्टराईले पिसटौलालाई देखाउँदै भन्नुभयो “मलाई होईन पहिला दाईलाई ।” हामीले अग्रजको सम्मान गर्नु पर्छ भन्दै उहाँले पहिलो स्वागत सिटौलालाई गर्न लगाउनु भयो ।
वहालवाला मन्त्री भएकाले वस्नेतले आफ्नो हातको खादा मन्त्री भटराई तर्फ जव लैजानुभयो मन्त्री भट्टराईले रोक्दै सिटौलालाई सम्मान गर्न लगाए पछि त्यहाँ उपस्थित भएका आमा नेता तथा कार्यकर्ता दंग भएर हेरीरहेका थिए । उहाँको भनाई संगै वस्नेतले संगै रहनु भएका सिटौलालाई त्यहि खादा पहिले ओडाउनु भयो अनि मन्त्री भट्टराईलाई अर्को खादा ओडाउनु भयो ।
यो सवै हेरीरहेका नेता कार्यकर्ता स्तव्ध देखिए । दुई खादा र फुल वोकेका धेरैले पहिले सिटौला र पछि मन्त्रीलाई खादा र फुलले स्वागत गरे । जिल्ला तहमा आरोप र प्रत्यारोपमा उत्रने स्थानीय नेता कार्यकर्तालाई सकारात्मक सन्देश दिदैं सम्मानको भाव संगै मन्त्री भट्टराई वाहिरीनु भयो ।
चितवन क्षेत्र नम्वर २ का संघिय सांसद एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा चितवनका सचिव कृष्णभक्त पोख्रेलले पनि पहिले सिटौलालाई खादाले स्वागत गर्नु भयो । उहाँले भन्नुभयो “ मन्त्री ज्यूले अत्यन्तै सकारात्मक सन्देश प्रवाह गर्नु भएको छ । ” पोख्रेलले थप्नुभयो “लोकतन्त्र र गणतन्त्र यहि पार्टीहरु मिलेर ल्याएका हौ, अव हामी संम्वृद्धिका लागि पनि मिल्नु पर्छ भन्ने संन्देश यसले दिन्छ ।” युवाहरुले यो खालको संस्कार देखाउनु पर्ने पोख्रेलले वताउनु भयो ।
नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले विपक्षि दलका नेतालाई जुन सम्मान भट्टराईले दिनु भयो यसले मुख्य दलहरु मिल्नु पर्छ भन्ने संन्देश प्रवाह भएको वताउनु भयो ।
उहाँहरुको स्वागतमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला ईन्चार्ज कृष्ण खनाल, जिल्ला सचिव कृष्णभक्त पोख्रेल, काङ्ग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठ, प्रदेश सभा सदस्य विजय सुवेदी, घनश्याम दहाल, भरतपुर महानगर प्रमुख रेनु दाहाल लगाएतका स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
भटराई भरतपुर विमानस्थल विस्तार सम्वन्धि छलफल कार्यक्रममा र सिटौला पार्टीको समायोजन सम्वन्धि कार्यक्रममा सहभागि हुन चितवन आउनु भएको हो । केहि दिन अघि मन्त्री भट्टराईले मन्त्रालयका योजनाका विषयमा प्रमुख प्रतिपक्षी दलका नेता शेरवहादुर देउवालाई भेट गरि जानकारी गराउनु भएको थियो ।