चितवनः नेपाली काँग्रेसले आफ्नो संरचनालाई राज्य पुनः संरचना अनुसार आज चितवनको क्षेत्र नम्वर तीनको क्षेत्रीय सभापति सरिता केसीलाई सर्वसहमत चयन गरेको छ । निर्वाचन समिति र काँग्रेस चितवनका पदाधिकारीहरु विच भएको छलफल र तत्कालीन क्षेत्र नम्वर ४ र ५ का सभापतिहरुको विचमा भएको छलफलवाट केसीलाई क्षेत्रीय सभापति र क्षेत्र नम्वर ५ का क्षेत्रीय सभापतिलाई सह सभापतिमा मनोनित गरेको हो । काँग्रेसको केन्द्रिय समितिको परिपत्र अनुसार काँग्रेस चितवनले साविकका निर्वाचन क्षेत्रहरुलाई समायोजन गर्दै आफ्नो संरचना निर्माणका कामलाई अघि वढाएको छ ।
काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठका अनुसार स्थानीय तह पार्टी संरचना समायोजन अन्तरिम निर्देशीका २०७६ कार्यान्वयनका विषयमा वसेको वैठकले हाल जिल्लामा रहेको प्रतिनिधि सभा निर्वाचन क्षत्रे अन्तर्गतको क्षेत्रीय सभापतिहरुको जिम्मेवारी दिएको छ । वैठकले चितवन क्षेत्र नम्वर १ मा राजु शिलवाल, क्षेत्र नम्वर २ मा भरत लामिछानेलाई क्षेत्रीय सभापतिको जिम्मेवारी यस अघिनै दिईसकेको छ ।
काँग्रेस चितवनका सचिव उत्तम जोशीका अनुसार क्षेत्र नम्वर तीनमा देखिएको विवाद मिालउने क्रममा दुवै सभापतिहरुको सहमतिमा सो निर्णय गरिएको हो ।
यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र प्रदेश सभा अन्तर्गतका क्षेत्रीय समितिहरुको गठनको तयारी पनि काँग्रेस चितवनले सुरु गरेको छ । यसका लागि आउँदो भदौ १८ गते देखि काम हुने जोशीले जानकारी दिनु भयो ।
काँग्रेस चितवनका सभापति श्रेष्ठका अनुसार प्रदेश स्तरीय क्षेत्रीय समितिहरुको लागि क्षेत्र नम्वर १ को भदौ १९ गते, क्षेत्र नम्वर २ को १८ गते र ३को २० गते क्षेत्रीय समितिहरु गठन गरिने छ । केन्द्रिय समितिको परिपत्र र काँग्रेसको निर्देशीका अनुसार क्षेत्री समितिहरुको गठन प्रकृया अन्त्य भए संगै जिल्लामा स्थानीय तहहरुमा पनि संरचना गठनको प्रकृया सुरु गरिने छ ।
काँग्रेस प्रादेशीक संरचना अनुसार आफ्नो क्षेत्र विभाजन गरि जिम्मेवारी दिने दलहरुमा पहिलो दल समेत वनेको छ ।

प्रतिक्रिया दिनुहोस !