
चितवनः जिल्लामा डेंगु र स्क्रवटाईफसका कारण तीन जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार मृत्यु हुनेमा दुई जना चितवन र एक जना रौतहटका रहेका छन् ।
कार्यालयले आज पत्रकार सम्मेलनको आयोजना गरि दिएको जनाकारी अनुसार साउन यता डेंगुको संक्रमणका कारण एक वृद्धको मृत्यु भएको छ भने स्क्रवटाईफसका कारण एक युवाको मृत्यु भएको छ । यस्तै दुवैको संक्रमणवाट एक किशोरीको मृत्यु भएको कार्यालयका किट नियन्त्रक राम केसीले जानकारी दिनु भयो ।
केसीका आनुसार मृत्यु हुनेमा भरतपुर महानगररपालिका वडा नम्वर १ गंगोत्री मार्ग निवासी ७१ वर्षिय पुरुषको डेंगुको कारण मृत्यु भएको छ । यस्तै रौतहटका ३४ वर्षिय पुरुषको स्क्रवटाईफस र भरतपुर महानगरपालिकाको शुक्रनगर निवासि १६ वर्षिय किशोरीको मृत्यु भएको हो । किशोरीको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो भने अन्य दुई जनाको चितवन मेडीकल कलेजमा मृत्यु भएको थियो ।
पत्रकार सम्मेलनमान जिल्लामा डेंगुको संक्रमणको प्रकोप देखिएको जानकारी दिईएको थियो । चालु आर्थिक वर्षमा १ हजार ३ सय ५६ जनाको परिक्षणमा ४ सय ३३ जनामा डेंगुको संक्रमण देखिएको केसीले जानकारी दिनु भयो । अझै यसको संक्रमण वढ्दो मात्रामा रहेको उहाँले वताउनु भयो । संक्रमितहरुमा चितवनका सवैभन्दा धेरै रहेका छन् । चितवनको पनि भरतपुर महानगरपालिका वडा नम्वर १,२,३,४, १०,११ र १२ वढि संक्रमित देखिएको पत्रकार समम्मेलनमा जानकारी दिईयो ।
यसलाई नियन्त्रर्ण गर्नका लागि स्थानीय तह मार्फत टोलविकास समितिहरु लाई परिचालन गर्ने तयारीमा रहेको कार्यक्रममा वताईएको थियो । यसका लागि स्वास्थ्य महाशाखा भरतपुर संग समन्वय गरि महानगर भित्र रहेका सवै वडाका टोल विकास स.स्थाहरु प्रिचालन गर्न लागिएको स्वास्थ्य कार्यालय प्रमुख दिपक प्रसाद तिवारीले जानकारी दिनु भयो । तिवारीका अनुसार टोल विकास संस्थाहरुलाई हप्ताको एक पटक लार्भ खोज र नष्ट गर अभियान संञ्चालन गर्न लगाईने छ ।
कार्यालयले केहि दिन मात्रै गर्दा कार्यक्रम प्रभावकारी नभए पछि टोल विकास संस्थाहरु प्रिचालन गर्न लागिएको हो ।
जिल्लाका विभिन्न अस्पतालमा परिक्षणका क्रममा संक्रमितह भेटिएका हुन । भरतपुर अस्पताल, चितवन मेडीकल कलेज, पुरानो मेडीकल कलेज, नारायणी सामुदायीक अस्पताल, मनकामना अस्पताल, चितवन अस्पताल, मौलाकालिका अस्पताल, नेशनल सिटि अस्पताल, पुस्पाञ्जली अस्पताल र रत्ननगरको वकुलहर अस्पतालमा डेंगुको परिक्षण हुँदै आएको छ ।
यी अस्पतालमा आएका ज्वरोका विरामीहरुवाट लिईएको नमुनामा ती संख्यामा डेंगुको संक्रमण देखिएको हो । जिल्लामा हरेक ३ ÷३ वर्षमा डेंगुको महामारी हुँदै आएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।
कार्यालयले दिएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०६७÷०६८ मा ३ हजार २ सय ९८ जनाको डेंगु परिक्षण गरिएकोमा ७ सय ३९ जनामा संक्रमण देखिएको थियो । त्यस आर्थिक वर्षमा पाँच जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७०÷०७१ मा ३ सय ७१ जनामा डेंगुको संक्रमण देखिएको थियो । २ हजार २ सय ६१ जनाको परिक्षण गरिएकोमा सो संख्यामा डेंगु देखिएको होे । यस्तै आर्थिक वर्ष २०७३÷०७४ मा २ हजार ५ सय ६२ जनामा परिक्षण गर्दा ६ सय ८७ जनामा डेंगु फेला परेको थियो । सो आर्थिक वर्षमा एक जनाको मृत्यु भएको थियो ।
त्यसैगरी जिल्लामा आर्थिक वर्ष २०७१÷०७२ मा १ सय १९ , ०७२÷०७३ मा ८५, ०६८÷०६९ मा ६८, ०७४÷०७५ मा ५९ जनामा डेंगु संक्रमण देखिएको थियो । आर्थिक वर्ष २०६९÷०७० मा ५२ जनामा डेंगु देखिएको थियो भने गत आर्थिक वर्षमा १ हजार ९ सय ५१ जनाको डेंगु परिक्षणमा ३१ जनामा देखिएको थियो ।
तथ्याङ्कलाई हेर्नेहो भने हरेक तीन तीन वर्षमा डेंगुको संक्रमण फैलीएर महामारीको रुप लिएको देख्न सकिन्छ । डेंगु रोग सरुवा रोग हो । जुन डेंगुको विषाणु भाइरस द्धारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईवाट लाग्ने गर्दछ ।
भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीका अनुसार यो लामखुट्टे ग्रामिण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा वढि संख्यामा पाईने गरेको छ । डव्वाहरु, एयर कन्डिसन, एयर कुलर, ड्रमहरु, पानीका ट्याङ्की आदिमा जमेको सफा पानीमा यसले फुल पार्ने गर्दछ ।
डेंगुको संक्रमणको मुख्य लक्ष्यण ज्वरो आउने रहेको भन्दै उहाँले संक्रमण भएमा अचानक उच्च ज्वरो आउने, ज्वरो एक साता सम्म रहने, टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, जोर्नी तथा मांसपेशीहरु दुख्ने, शरीरमा विमिरा आउने जस्ता लक्ष्यण देखा पर्ने गरेका छन् ।
यसैगरि वाकवाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, नाक वा गिजावाट रगत वग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, वेहोस हुने लक्षण देखा पर्ने गरेको उहाँले जानकारी दिनु भयो । डेंगु ज्वरो विरुद्धको खोप तथा खास उपचार नभएकाले लामखुट्टेको टोकाईवाट वच्नुनै यस रोगको वचावटको मुख्य उपाय भएको उहाँले वताउनु भयो ।
यसै विच जिल्लामा स्क्रव टाईफसको संक्रमण पनि वढेको देखिएको छ । पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार ५ सय ६ जनाको परिक्षण गरिएकोमा ४० जनामा सो रोगको संक्रमण देखिएको थियो ।
जिल्ला पछिल्लो समयमा सरुवा रोगको राजधानी वन्दै गएको छ । व्यक्ति आँफैले फालेको फोहोरका कारण सरुवा रोगको संक्रमण वढ्दै गएको हो । अहिले लामखुट्टे कम भए पनि डेंगुको संक्रमण गराउने लामखुट्टेको संख्या वढि रहेको सो अवसरमा जानकारी गराईएको थियो ।