चितवनः जिल्ला प्रशासन कार्यालय चितवनले चितवन जिल्ला अदालत आसपासका क्षेत्रलाई निषधित क्षेत्र घोषणा गरेको छ । जहाँ पाँच जना भन्दा वढि हिड डुल गर्न र भेला हुन नदिने जनाएको छ । तर निषेधित क्षेत्र वाहिर रहेर शान्तिपूर्ण आन्दोलन गरिरहेका जनतालाई प्रहरीले दमन गरेको छ । चौविसकोठीमा शान्तिपूर्ण आन्दोलनमा रहेका प्रदर्शन कारीहरुमाथि प्रहरीले अश्रुग्यास हान्नुका साथै लाठि चार्ज गरेको छ ।
कतै पेट्रोल पम्पमा तेल हाल्न आएका लाई प्रदर्शनकारी भनि समातिएको छ भने कतै अस्पताल आउन र जान समेत असहज हुने गरि वाटो वन्द गरीएको छ । भरतपुरको चौविसकोठी देखि भरतपुर अस्पताल आउने वाटो वन्द गरिएको छ । जसका कारण विरामीहरुले समेत सास्ति पाएका छन् । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणलाई लिएर भएको प्रदर्शन रोक्नका लागि जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्र घोषणा गरेको भए पनि विरामी, विद्यार्थी लगाएतलाई आवतजावतमा समेत रोक लगाउने गरि गरिएको यो कार्य निन्धनिय रहेको राजनैतिक दलका नेताहरुले वताएका छन् ।


काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले शान्तिपूर्ण आन्दोलनमा भएको दमनले प्रहरीको अहमता प्रष्ट भएको उहाँले वताउनु भयो । प्रहरीले आफ्नो काममा हिडेका लाई पनि केहि नसोधि कुटपिट गर्ने गरेको सर्वसाधारणको गुनासो रहेको छ ।
अस्पतालमा रहेका विरामहरुलाई समेत असर गर्ने गरि अश्रुग्यास प्रहार गर्ने गरेकाले विरामीहरुको अवस्थामा झन विग्रीन जान चिकित्सकहरुले वताएका छन् । प्रहरी र समर्थक विचको झडपका क्रममा दुईवटा ट्रक माथि तोडफोड गरिएको छ । पर्शावाट सिजि जान आउँदै गरेको ना ४ ख ४३२५ नम्वरको ट्रक र काठमाडौंवाट हेटौडा जाँन आउँदै गरेको ना ६ ख ४२७१ नम्वरको ट्रकमा तोडफोड गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !