चितवनः पत्रकार सालिकराम पुडासैनीको मृत्यु पछि पछिल्लो पटक चितवनको माहोल अर्कै वनेको छ । कहिले सान्तिपूर्ण आन्दोलन त कहिले अशान्त वन्दै आएको छ । आज पनि चितवन अशान्तै वनेको छ । जिल्ला अदालत चितवनमा सोहि प्रकरणका आरोपि रवि लामिछाने सहित तीन जनाालई लादै गर्दा जिल्लाको सदरमुकाममा भने आन्दोलनको जस्तै स्वरुप वनिरहेको छ ।
लामिछानेका समर्थकहरुले रिहाईको माग गर्दै आन्दोलन गरेका हुन । आन्दोलनका क्रममा साँझ भरतपुरका विभिन्न चोकमा टायर वालियो भने भिड नियन्त्रण गर्न अश्रुग्यास प्रहार भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अहिले सम्म भिड नियन्त्रणका दर्जनौ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । जसका कारण प्रहरी नायव उपरिक्षक एकनारायण कोईराला सहित चार जना घाईते भएका छन् भने प्रदर्शनकारीहरु पनि हतहती भएका छन् ।
प्रदर्शन कारीको भिडवाट ढुङ्गा हानिए पछि प्रहरी नायव उपरिक्षक कोईराला, प्रहरी निरिक्षक देवराज शर्मा र अन्य प्रहरी घाईते भएका हुन ।

प्रतिक्रिया दिनुहोस !