चितवनः संञ्चार कर्मी रवि लामिछानेलाई नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनालले आज जिल्ला प्रहरी कार्यालयमा आई भेट गर्नु भएको छ । कार्यालयको कामका शिलशिलामा रुपन्देहिको वुटवलमा हुने कार्यक्रममा जान आउनु भएका खनालले लामिछानेलाई भेट गर्नु भएको छ ।

खनालले लामिछानेलाई हिरासतमानै पुगेर भेट गर्नु भएको थियो । भेट पछि उहाँले अनुसन्धान प्रक्रियामा सघाउन टेलिभिजनकर्मी रवि लामिछानेलाई आग्रह गर्नु भयो । यो संगै हिरासतमा रहँदा कोहि असुरक्षित नहुने खनालले वताउनु भयो । हिरासतमा कासैले केहि गर्न पाउँदैन तपाईले अनुसन्धानमा सहयोग गर्नु पर्यो उहाँले भन्नुभयो ।

लामिछाने हाल पत्रकार शालिकराम पुडासैनी मृत्यु् प्रकरणमा आत्महत्या दुरुत्साहन आरोपमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका छन् ।
प्रहरी हिरासतमा लामिछानेसहित सञ्चारकर्मी युवराज कँडेल र अस्मिता कार्की रहेका छन् । उनीहरुलाई अदालतवाट दोस्रो पटक ५ दिनको समय थप गरि अनुसन्धानमा राखिएको हो । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा मुछिए पछि लामिछानेसहित तीनै जना गत हप्ता काठमाडौंबाट पक्राउ परेका थिए । शालिकराम साउन २० गते मृत अवस्थामा चितवनमा फेला परेका थिए ।
आगामी आईतवार मात्रै दोस्रो पटक थप गरिएको समय सकिन लागेका लामिछाने सहित तीन आरोपीलाई प्रहरी प्रमुख आएर भेट्नुलाई अर्थपूर्ण रुपमा लिईएको छ ।

प्रतिक्रिया दिनुहोस !